लिखुपिके गाउँपालिका सभापतिमा ङिमछिरीको उमेदवारी घोषणा

  सगरमाथा अनलाईन
2.5k Shares

सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लिखुपिके गाउँपालिका सभापतिका लागि ङिमछिरी लामाले उमेदवारी घोषणा गरेका छन् ।

लिखुपिके गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष समेत रहेका लामाले नेतृत्व युवा पुस्तालाई हस्तान्तर गर्नुपर्ने भन्दै गाउँपालिका सभापतिको उमेदवारी घोषणा गरेका हुन् । गाउँपालिकास्थित अन्य वडाभन्दा हरेक क्षेत्रमा अध्यक्ष लामाले वडा नं. ५ मा धेरै विकास गरेको स्थानीयको भनाई छ ।

‘अबको नेतृत्व भनेको युवा पुस्ताको हो । त्यसैले मैले गाउँपालिका सभापतिमा उमेदवारी घोषणा गरेको हो ।’ लामाले भने, ‘म गाउँपालिकाको सभापति निर्वाचित भए सबैलाई मिलाएर लैजान सक्ने मसँग क्षमता छ ।’

गाउँपालिका सभापतिको आकांक्षीमा लामासँगै सुवर्ण बस्नेत, केदार बस्नेत, ज्ञानेन्द्रजंग बस्नेत, सुरज बस्नेत, मणिराज बस्नेत, ङाल्हाक्पा शेर्पा, मिना कार्की र राजन बस्नेत रहेका छन् । गाउँपालिका अधिवेशन यही भदौ २९ गते हुने कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार