साहस उर्जाः २४०० ले पाए २६० कित्ता शेयर, ७० लाख कित्ता आईपीओ असोज ६ गतेदेखि खुल्ने

पहिले आईपीओ भरेकाले आवेदन दिन नपाउँने

  सगरमाथा अनलाईन

सोलुखुम्बु । आयोजना प्रभावित जिल्लाका लागि वितरण गरेको साहस ऊर्जाको साधारण शेयर (आइपिओ) २ हजार ४ सय जनाले २६० कित्ता पाएका छन् ।

साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि भदौ ११ गतेसम्म स्थानीयका लागि खुल्ला गरेको आइपीओ सबैभन्दा बढि २६० कित्ता २ हजार ४ सय जनाले पाएका हुन् । १७ हजारले २६० कित्ताभन्दा तल अर्थात २५०, २०० कित्ता आईपीओ प्राप्त गरेको साहज उर्जाका अध्यक्ष हिम पाठकले बताए । २६० कित्ताभन्दा तल भरेका सबैलाई उनीहरुले भरेजत्तिनै आईपीओ परेको अध्यक्ष पाठकले बताए ।

‘स्थानीयलाई हामीले दिएको आईपीओको नतिजा पनि आज सार्वजनिक भयो । अब देशभरका लागि ७० लाख कित्ता आईपीओ यहि असोज ६ गतेदेखि १० गतेसम्म ४ दिनभित्र आवेदन दिनेगरी खुल्ला गर्दैछौं ।’ अध्यक्ष पाठकले भने, ‘तर, यसभन्दा अगाडि आईपीओको आवेदन दिई शेयर प्राप्त गरेका व्यक्तिले पुनः आवेदन दिन भने मिल्दैन ।’

३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको रकम माग भएकोमा मागभन्दा झण्डै दोब्बर ६३ करोड अर्थात ३० करोड रुपैयाँ बढि रकमको आवेदन परेको थियो । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको शेयर जारी गरेको थियो ।

साहस उर्जाले धितोपत्र बोर्डबाट १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको थियो । जसमध्ये ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको शेयर प्रभावित जिल्ला सोलुखुम्बुका लागि जारी गरिसकेको छ ।

साहस उर्जाले बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलाई सुम्पेको थियो । साहसले सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आईपीओ नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार