१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको अध्यक्षमा गुणराज



काठमाडौं । बाहिङ किरात मुलुखिम दक्षिण कोरियाको अध्यक्षमा गुणराज बाहिङ सर्वसहमत निर्वाचित भएका छन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड)का कारण भौतिक रुपमा उपस्थिति सम्भव नभएपनि भर्चुअल माध्यमबाट कोरिया शाखाको अध्यक्षमा बाहिङलाई सर्वसहमत निर्वाचित गरिएको हो । बाहिङको अध्यक्षतामा ११ सदस्यीय दक्षिण कोरिया शाखा गठन गरिएको हो । मुलुखिमको बरिष्ठ उपाध्यक्षमा प्रेमकुमार बाहिङ, उपाध्यक्षमा पृथिराज बाहिङ र महासचिवमा राजु बाहिङसर्वसहमत निर्वाचित भएका हुन् ।

त्यसैगरी सचिवमा दिल बाहिङ, कोषाध्यक्षमा मणिकला बाहिङ र सह कोषाध्यक्षमा धनबहादुर बाहिङ सर्वसहमत निर्वाचित भएका हुन् । सदस्यहरुमा दिप बाहिङ, अर्पणा बाहिङ र सुमिता बाहिङ चयन भएको नवनिर्वाचित उपाध्यक्ष पृथिराज बाहिङले बताए ।

बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । एक जनालाई मानार्थ सल्लाहकार सदस्य प्रदान गरिएको छ । मानार्थ सल्लाहकारमा आङदावा शेर्पालाई चयन गरिएको हो । त्यस्तै बरिष्ठ सल्लाहकारमा किरण बाहिङ, सल्लाहकारहरुमा चित्र बाहिङ, नेश बाहिङ, सुनिलदिप्त बाहिङ र प्रकाश बाहिङलाई चयन गरिएको हो ।

बाहिङ किरात मुलुखिम केन्द्रीय महासचिव धिरेन बाहिङको प्रमुख आतिथ्यतामा दक्षिण कोरिया शाखाको छैटौं अधिवेशन सम्पन्न भएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ३ : ५२ बजे