यसकारण ‘राई’ संस्था किरात राई यायोक्खा छोडेर बाहिङ किरात मुलुखिममा आए

  देब रुम्दाली
5.6k Shares

मैलै देखेको भोगेको लामो समय राईको संस्था किरात राई यायोक्खामा आजीवन सदस्य भई काम गरे । संस्थाको तल्लो निकायको कार्य समितीमा रहेर सदस्य पदबाट क्षेत्रीय समीतीको अध्यक्ष पदमा काम गरे । अन्तमा युकेको केन्द्रीय समितीको सदस्य पदमा काम गर्दा भोगेको जानेको अनुभवहरू सुनाउन चाहन्छु ।

राई जाती हो भनेर जातीको नाममा २८ भाषा आ-आफ्नै बोल्नेहरूलाई प्रयोग गरेर सस्था गठन गरी राजनितीक अभ्यास गरेर राजनितीमा प्रवेश गर्नुको लागि मूल उद्देश्य हो । म युकेको क्षेत्रिय समिति किरायाको अध्यक्ष हुँदा नेपालबाट आउनु भएको दुई भाषामा पिएचडी गर्नु भएको डाक्टर नवोलकिशोर राईज्युसँग संस्थागत कार्यसमितिको भेटघाट र अन्तरक्रिया कार्यक्रम थियो । त्यस कार्यक्रममा मैले ३ वटा विषयका प्रश्नहरु राखेको थिए ।

१. डाक्टर सर हजुर पूर्व राजदुत अनि दुई वटा भाषा, बान्तवा र मेवाहाङ भाषामा पिएचडी गर्नु भयो । तर, हजुर त इलामको चाम्लीङ राई हुँनु हुँदो रहेछ । कसरी बान्तवामा गर्नु भयो सजिलो त आफ्नै भाषा थियो होला नी ?

उत्तरः देबजी बहुत गहकिलो प्रश्न राख्नु भयो । खासमा म चाम्लीङ हो । तर, इलाममा बहुसंख्यामा बान्तावा भाषा बोल्ने भएकोले त्यही भाषाले ओगटेकोले बहुसंख्या बान्तावा भाषा बोल्ने भएकोले मलाई सजिलो भएर बान्तावा भाषामा गरे । पछी मेवाहाङ भाषामा गरे ।

२. मैलै सुनेको नेपालमा राई संस्था किरात राई यायोक्खाले २८ भाषा बोल्ने राईहरूको एउटै भाषा बनाउनुको लागी हजुर लगायत अरूलाई जिम्मा दिएको छ, अरे र यो के सही हो ? यदी सही हो भने के हुदैछ रु कहाँसम्म पुगेको छ सर ?

उत्तरः देब जी हो राईको संस्था यायोक्खा नेपालले म लगायत ४ जना गरी जम्मा ५ जना भाषा विदहरूलाई जिम्मा दिएको थियो । भाषा एक बनाउनुको लागी भाषा शब्द कोष बनाउने बारेमा र हामी ५ जनाको टिमले करीब ४, ५ वर्ष लागी परेको थियौं । सबैको भाषा जोडेर बनाउनु सक्दै सकेनौं । एउटाको गर्दा सजिलो थियो । तर, अरू भाषाको पटक्कै नमान्ने भएकोले यो कार्य सकिएन र हुनै सक्दैन त्यस पछि हामीले छाडी दियौं ।

३. डाक्टर सर, राई जाती भित्र २८ भाषा बोल्ने र संस्कार आफ्नै छ, भने अब २८ भाषा बोल्नेहरूको भाषा सँस्कृती, सँस्कार जोगाउनुको लागि राई जातीको संस्थाले भाषा एक बनाउनु र जोगाउनु नसक्ने रहेछ यसको के छ विकल्प सर ?

उत्तरः देबजी अब भाषा सँस्कृती, सँस्कार जोगाउनुको लागी म चाम्लीङ हो । म आफै लागी पर्छु । तपाई बाहिङ, तपाई आफै आफ्नो भाषा र संस्कार जोगाउनु लागी पर्नु होस । अन्य भाषा बोल्नेले पनि अनि नेपालमा प्रत्येक भाषा बोल्नेको संस्था गठन भई सरकारको सम्बन्धीत निकायमा दर्ता भएको छ । संस्थाले सरकारसँग अनुरोध गर्नु पर्छ । भाषा शिक्षा प्राथामीक तहमा पठन पाठन गर्नुको लागी त्यो अनुमती सरकारबाट दिईनेछ । भाषा सदा जोगाउने यही हो विकल्प ।

त्यसपछि मैलै सबै बुझेर हाम्रो भाषा बोल्नेहरूको संस्था बाहिङ किरात मुलुखिममा लागी परेर मैलै सक्ने सहयोग सरसल्हा गर्दै आएको छु । त्यलैले गर्दा राई एउटा पहिलाको राज्यको शासकहरूले राज्य कब्जा गर्दा दिएको पद, मान, पगरी हो ।

जस्तैः सुनुवारलाई मुखीया, लिम्बुलाई सुब्बा, जिमी, करता, गौरूङ पदवी दिएको ईतिहासमा छ । लेखीएको किताबमा छ । शासकहरूले गर्दा जातमा राई लेखाए । धर्ममा हिन्दु लेखाए । अनि मेरो पनि पहिला नागरीक्तामा रूम्दाली थियो । यो गाउँको शासकहरूले लेखाउनु लगाए । रूम्दाली जात होईन ठाउँको नाम हो । जुन पहिला रूङ पुर्खा रूम्जाटारमा बसोबास गरेकोले त्यो गाउँठाउँको नाम रूम्जाटार रहनु गयो । अनि म रूङ पुर्खाको सन्तान हो । तर, जात बाहिङ/बायुङ जे भने पनि बाहिङ हो । जातको ५९ पाछाहरूमा म दिबुर्चा पाछा (थर)को हो । त्यसले गर्दा म यो विनंम्र अनुरोध गर्दछु की हामी एउटा भाषा बोल्ने र एउटै सँस्कार भएको एक जुट हौं । भाषा सँस्कार जोगाउनु अब हाम्रो कतव्र्य र मुख्य काम हो ।

हाम्रो संस्था बाहिङ किरात मुलुखिमले भाषा, धर्म, सँस्कार, सँस्कृति, परम्परागत रहनसहनको संरक्षण र संबद्र्धन गर्दै संस्थालाई क्रियाशील रुपमा अगाडि बढाई रहनु भएको छ हामी फुटेर होईन जुटेर अगाडी बढौं । अरू जातको भनाई र झोला बोक्ने काम नगरौं सानो तिनो कमिकमजोरीलाई सुधारी एक भएर अगाडी बढौं । हामीले नगरेर कस्ले गर्ने ? अनि अहिले नगरे कहिले गर्ने ?

अन्तमा संस्थामा राजनीति कहिल्यै नघुसाऔं । राजनीतिलाई परै राखौं । म ६० वर्ष पुगेकोले आजसम्म भोगेको, जानेको, बुझेको कुराहरू यसरी सबैको माझ प्रस्तुत गर्दा कतै गल्ती, कमीकमजोरी भएमा दश औला जोडी नमस्कार सहित क्षमा चाहान्छु । जय बाहिङ किरात मुलुखिम । आनिमोखला ।

[लेखक देब रुम्दाली पूर्व ब्रिटिस आर्मी तथा साँस्कृतिक अभियान्ता हुन् । हाल रुम्दाली बेलायतमा बस्दै आएका छन् ।]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार