कर्मचारी र शिक्षक क्षेत्रिय प्रनिधीहरुलाई झट्का: कांग्रेस अधिवेशनमा सहभागी नगराउन अदालतको आदेश

२५/३० भन्दा बढि क्षेत्रिय प्रतिनिधीहरु कर्मचारी र शिक्षक

  सगरमाथा अनलाईन
72.4k Shares

सोलुखुम्बु । उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले नेपाली कांग्रेसको भोलि (असोज ९ गते) हुने स्थानीय अधिवेशनमा कर्मचारी र शिक्षकबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुलाई सहभागी नगराउन अन्तरकालीन आदेश जारी गरेको छ ।

उत्प्रेषण मिश्रीत परमादेशको माग गर्दै मिलन बस्नेतद्वारा दायर रिटमा सुनुवाइ गर्दै न्यायधीश ठाकुर प्रसाद शर्माको एकल इजलासले सो आदेश जारी गरेको हो । शिक्षा विकास तथा समन्वय इकाइको असोज ७ गतेको पत्र तथा सोलुदुधकुण्ड नगर कार्यपालिकाको पत्रसमेतका आधारमा अमृता कार्की नगरपालिकाको कर्मचारी र हर्कबहादुर राई, रोहितकुमार कार्की, प्रेमकुमार राजभण्डारी तथा चेतबहादुर थापा सामुदायिक विद्यालयको स्थायी शिक्षक भएको देखिँदा असोज १३ गते अन्तरिम आदेशको टुंगो नलागेसम्म प्रत्यार्थीहरुलाई कर्मचारी तथा शिक्षकको हैसियत कायम राखी नेपाली कांग्रेसको असोज ९ गतेको गाउँपालिका तथा नगरपालिकाको निर्वाचनमा उम्मेदवार दर्ता गर्ने गराउने तथा दलको कार्यक्रममा सहभागी नगर्नु नगराउनुु शुक्रबार जारी अदालतको अल्पकालीन आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु लगायतविरुद्ध दायर सो रिटमा निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने सो को आधार कारण र प्रमाण भए सो समेत खुलाई आफैं वा कानुन बमोजिमको प्रतिनिधिमार्फत १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीका नाममा आदेश समेत गरिएको छ ।

सोलुखुम्बु जिल्लामा नेपाली कांग्रेसबाट करिब ९ सय क्षेत्रिय प्रतिनिधीहरु निर्वाचित भएका छन् । ९ सयमध्ये करिब २५/३० भन्दा बढि क्षेत्रिय प्रतिनिधीहरु कर्मचारी र शिक्षक हुनसक्ने जिल्ला सभापति विनोद बस्नेतले बताए ।

अदालतले दिएको आदेश:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार