कांग्रेस सोलुखुम्बुको ८ वटै स्थानीय तहको अधिवेशन असोज १२ हुने

भोली प्रदेश सभा र जिल्ला अधिवेशनको मिति टुंगो लाग्ने

  सगरमाथा अनलाईन
406 Shares

सोलुखुम्बु । नेपाली कांगेस सोलुखुम्बुको आज हुन नसकेको स्थानीय तहको अधिवेशन असोज १२ गते मंगलबार हुने भएको छ ।

निर्वाचन अधिकृत कैलाश गुरुङले असोज १२ गते मंगलबार ८ वटै स्थानीय तहमा अधिवेशन हुने निर्वाचनको मिति तोकिएका हुन् ।

यसअघि असोज ९ गते स्थानीय तहको अधिवेशनको मिती तोकिएको थियो । भौगोलिक विकटता र हिमाली जिल्ला भएकाले स्थानीय तहको अधिवेशन असोज १२ तोकिएको हो ।

स्थानीय तह अधिवेशनका लागि मतदान अधिकृत समेत तोकिएको छ । सोलुदुधकुण्ड नगरपालिकामा विदुर लामिछाने, थुलुङ दुधकोशीमा युवराज खतिवडा, नेचासल्यानमा उमाकान्त काफ्ले, सोताङमा पर्खि कुलुङ, महाकुलुङमा रितबहादुर बस्नेत, माप्य दुधकोशीमा सुमन बाँस्तोला, खुम्बु पासाङल्हमुमा खगेन्द्र बास्तोला र लिखुपिकेमा गंगाबहादुर कार्कीलाई मतदान अधिकृत तोकिएको हो ।

भोलीसम्ममा प्रदेश सभा र जिल्ला अधिवेशनको मिति टुंगो लाग्ने निर्वाचन अधिकृत कैलाश गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार