२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

हतियार कारोबार गर्ने भारतीय नागरिक पक्राउ



लहान, ७ कात्तिक । नेपालभित्र अवैधरुपमा हातहतियारको कारोवार गर्नुका साथै सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

हातहतियार कारोवार गरेको भन्दै लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत निवासी ४५ वर्षीय राजदेव यादवलाई प्रहरीको विशेष टोलीले नेपाल प्रवेश गर्ने क्रममा सिरहाको बरियारपट्टी–१ बाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका यादव विगतदेखि हातहतियारको अवैध कारोबारमा संलग्न रहेको तथा नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई भूमिगत गिरोहको नाइकेका रुपमा त्रास फैलाउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार  ४ : ०० बजे