६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

नेपाली समाज बेलायतको अध्यक्षमा शान्तकला राई



बेलायत । जनता समाजवादी पार्टी बेलायत प्रवास अन्तरगत रहेको नेपाली समाज बेलायत इकाई समितिको अध्यक्षमा शान्तकला राई निर्वाचित भएकी छिन ।

आइतवार नेपाली समाज इकाई समितिको तेस्रो अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागि राईलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा शुक्र तामाङ र सुकमाया लिम्बु, कोषाध्यक्षमा भुबर राई र सहकोषाध्यक्ष सोनाहाङ राई निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मिलन राई, निरभगवती राई, सुनिता रानामगर, चन्द्रकला राई, रिना पाम्फु, प्रदिप राई, खुशीकला गुरुङ, शिव हेलक लिम्बु, कृष्ण रोका, चन्द्र लिम्बु, मान काउचा मगर, निलु देवन र रुद्र राई निर्वाचित भएका छन ।

अधिवेशन जनता समाजवादी नेपाली समाज बेलायतका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशन नेपाली समाज बेलायतका कमल राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन सहसचिव कृष्ण राईले गरेका थिए ।

नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि चन्द्रबहादुर गुरुङले पद तथा गोपनियताको सपथ खुवाउनुका साथै प्रमाणपत्र समेत वितरण गरेका थिए । निर्वाचित अध्यक्ष शान्तकला राईले पार्टीको इकाई समितिलाई व्यवस्थित र मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

जनता समाजवादी पार्टीको बेलायत प्रवास समिति अन्र्तगत ७ वटा नेपाली समाज इकाई समितिहरु रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ०८ बजे