सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन ८ वटै स्थानीय तहमा आज एक साथ शुरु भएको छ ।
एक नगरपालिका सहित ८ वटै स्थानीय तहमा अधिवेशको तयारी सकिएसँगै अधिवेशन शुरु भएको हो । यस अघि विवादित भएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ को वडा अधिवेशन पुनः हिजो सोमबार सर्वसम्मत रुपमा सकिएसँगै नगर अधिवेशनको समेत बाटो खुलेपछि अधिवेशन शुरु गरिएको मतदान अधिकृत कैलाश गुरुङले बताए ।
स्थानीय तहमा कांग्रेसको अधिवेशन शुरु भएसँगै कुनै स्थानीय तहमा सहमतिको प्रयास भैरहेको छ । भने, कतै चुनावि प्रतिस्पर्धाको लागि आवश्यक तयारी भैरहेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेक अन्य ७ स्थानीय तहमा चुनावि प्रक्रियाबाटनै अधिवेशन सम्पन्न हुने संकेत देखिएको छ ।
यसैबीच आजको स्थानीय तहस्तरीय कांग्रेसको अधिवेशनमा निर्वाचनमा मतदान अधिकृत खटाउन शिक्षक संघ तयार भएको छ । क्षेत्रिय प्रतिनिधिमा निर्वाचित शिक्षकका विरुद्धको मुद्दा फिर्तालिन पार्टी तयार भएसँगै शिक्षकलाइ मतदान अधिकृत खटाइने भएको संघका जिल्ला अध्यक्ष लालप्रसाद बाँस्तोलाले बताए ।