खुम्बु पासाङल्हामु गाउँपालिका सभापतिमा चुङ्बा शेर्पा सर्वसम्मत चयन

  सगरमाथा अनलाईन

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका सभापतिमा चुङ्बा शेर्पा सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसको १४ औं अधिवेशनले शेर्पालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । शेर्पाको सभापतित्वमा ३५ सदस्यीय पालिका कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको नव निर्वाचित सभापति शेर्पाले बताए ।

उपसभापतिमा लाक्पानुरु शेर्पा र फुनुरु शेर्पा, सचिवमा पासाङ शेर्पा र दावाफिञ्जो शेर्पा, सह सचिवमा दावायाङ्जी शेर्पा र लाक्पानुरु शेर्पा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी प्रत्यक्ष तर्फ खुल्ला सदस्यमा फुछेतर शेर्पा, कुमार कामी, ल्हाक्पाछिरिङ शेर्पा, नाम्खाग्याल्जेन शेर्पा, पासाङरिञ्जी शेर्पा, पासाङदावा शेर्पा, नागादोर्जी शेर्पा, सोनामछिरिङ शेर्पा, ल्हाक्पातेञ्जिङ शेर्पा र ङिमाछिरिङ शेर्पा निर्वाचित भएका छन् ।

त्यसैगरी महिलातर्फ सदस्यहरुमा सुमित्रा मगर, ङिमायाङ्जी शेर्पा, सर्किफुटी शेर्पा, दावायाङ्टी शेर्पा र पासाङल्हामु शेर्पा निर्वाचित भएका छन् । त्यस्तै आदिवासी/जनजाती पुरुषतर्फ त्रिजेन मगर, पासाङरिञ्जी शेर्पा, ङिमतेञ्जिी शेर्पा, ङङतेञ्जिी शेर्पा र पेम्बानुरु शेर्पा, महिलातर्फ कल्पना थापामगर, ङवाङछुटिन शेर्पा, इन्द्रमाया रेग्मीमगर र मनमाया विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै दलिततर्फ बुद्धिमान काकी र अल्पसंख्यकतर्फ ईन्द्रहाङ लिम्बुखिम निर्वाचित भएको सभापति शेर्पाले बताए ।

यसैबीच महाकुलुङ गाउँपालिका सभापतिमा बलकुमार राई सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरुमा भने सहमतिको प्रयास भैरहेको नेपाली कांग्रेसका युवा नेता एवं क्षेत्रिय प्रतिनिधी सूर्य कुलुङले बताए । त्यस्तै सोताङ गाउँपालिका सभापतिमा कृष्ण कार्की सर्वसम्मत चयन भएका छन् । अन्य पालिका कार्यसमितिहरुको भने सहमित भैरहेकाे नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति एवं क्षेत्रिय प्रतिनिधी गोकर्ण बस्नेतले बताए ।

त्यस्तै सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका र नेचासल्यान गाउँपालिकामा निर्वाचनको लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिसकेका छन् । अब केहि समयमा मतदान हुने पनि नेताहरुले बताएका छन् । त्यस्तै माप्य दुधकोशी गाउँपालिकामा पनि सभापति लगायत अन्य पदाधिकारीहरु सहमति गराउने कार्य भैरहेको क्षेत्रिय प्रतिनिधी चोलेन्द्र बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार