सोलुखुम्बु । लिखुपिके गाउँपालिका सभापतिमा सुरज बस्नेत निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४ औं अधिवेशनमा प्रतिद्धन्दी मिना कार्कीलाई १६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सभापति बस्नेतले ५५ मत ल्याउँदा कार्कीले ३९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपसभापतिमा दुर्गाबहादुर बस्नेत निर्वाचित भएका छन् । अर्का उपसभापतिको भने नाम प्राप्त हुन बाँकी छ । उपसभापतिमा ३ जना चुनावी मैदानमा गएका थिए ।
त्यस्तै सचिवमा अम्बरबहादुर बस्नेत र भिमसेन बस्नेत निर्वाचित भएका छन् । सह सचिवको २ जनामध्ये ४ जनाले उम्मेदवारी दिएका थिए । सह सचिवको नतिजा पनि प्राप्त हुन बाँकी छ । सदस्यहरु भने सर्वसम्मत रुपमा चयन भएको थियो ।
यसैबीच खुम्बु पासाङल्हामु र महाकुलुङ र सोताङ गाउँपालिकामा सर्वसम्मत रुपमा सभापति लगायत पदाधिकारीहरु चयन गरिएको छ । त्यस्तै नेचासल्यान गाउँपालिकामा निरकुमार शर्मा र निरकुमार शर्मा कट्टेल चुनावी मैदानमा छन्, भने थुलुङ दुधकोशी गाउँपालिकामा भक्त गुरुङ र बलबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । यता माप्य दुधकोशी गाउँपालिकामा भने सहमतिय रुपमै नेतृत्व चयन गर्नका लागि भोलीसम्मका लागि समय थप गरिएको बताईएको छ ।
जिल्लाको एक मात्र नगरपालिकामा मिङमार शेर्पा र सोनामग्याल्जेन शेर्पा चुनावी मैदानमा छन् । उनीहरुमध्ये कसको पक्षमा नतिजा आउने भन्ने निकै चासोका साथ हेरिएको छ ।