सोलुखुम्बु । महाकुलुङ गाउँपालिका सभापतिमा बलकुमार कुलुङ सर्वसम्मत चयन भएका छन् ।
नेपाली कांग्रेसको १४ औं अधिवेशनमा गाउँपालिका सभापतिमा कुलुङ सर्वसम्मत रुपमा चयन भएका हुन् । कुलुङको सभापतित्वमा ३३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
त्यसैगरी उपसभापतिमा नन्दकुमार कुलुङ र दाफुरी शेर्पा, सचिवमा प्रेमकुमार बस्नेत र जितबहादुर कुलुङ, सह सचिवमा टंक कुलुङ, प्रेमबहादुर कुलुङ र कोषाध्यक्ष्मा भुपेन्द्र कुलुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा हेबिधन कुलुङ, बालकुमार कुलुङ, नानीमाया कुलुङ, शसिकला कुलुङ, अमिताब बचन कुलुङ, श्रीध्वज कुलुङ, नन्दबहादुर बि.क.,भावना कुलुङ, जीतबहादुर कुलुङ, कालुमान कुलुङ, पुरन कुलङ, टंकबहादुर कुलुङ, टकराज कुलुङ, साङ्गे बि.क., उत्तरजली कुलुङ, रञ्जिता कुलुङ, ल्हाक्पा शेर्पा, जसकुमार कुलुङ, साहुजी कुलुङ, दिलकुमारी कुलुङ, प्रमिना कुलुङ, डेण्डी शेर्पा, उदयमान कुलुङ, स्मृती कुलुङ र जनकराम कुलुङ सर्वसम्मत रुपमा चयन भएको क्षेत्रिय प्रतिनिधी दिपेश कुलुङले बताए ।
यसैबीच खुम्बु पासाङल्हामु सोताङ गाउँपालिकामा पनि सर्वसम्मत रुपमा सभापति लगायत पदाधिकारीहरु चयन गरिएको छ । लिखुपिके गाउँपालिकामा भने सभापति, उपसभापति र सह सचिव पदका लागि निर्वाचन भएको थियो । निर्वाचनबाट सभातिमा सुरज बस्नेतले मिना कार्कीलाई पराजित गरेका छन् । त्यस्तै नेचासल्यान गाउँपालिकामा निरकुमार शर्मा र निरकुमार शर्मा कट्टेल चुनावी मैदानमा छन्, भने थुलुङ दुधकोशी गाउँपालिकामा भक्त गुरुङ र बलबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । यता माप्य दुधकोशी गाउँपालिकामा भने सहमतिय रुपमै नेतृत्व चयन गर्नका लागि भोलीसम्मका लागि समय थप गरिएको बताईएको छ ।
जिल्लाको एक मात्र नगरपालिकामा मिङमार शेर्पा र सोनामग्याल्जेन शेर्पा चुनावी मैदानमा छन् । उनीहरुमध्ये कसको पक्षमा नतिजा आउने भन्ने निकै चासोका साथ हेरिएको छ ।