तरुणदल सोलुको सहकार्यमा स्वास्थ्य सामग्री वितरण

सोलारबाट चल्ने पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर वितरण

  सगरमाथा अनलाईन

सोलुखुम्बु । नेपाल तरुणदल सोलुखुम्बुको सहकार्यमा ईलाका स्वास्थ्य चौकी चौलाखर्कलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

एनआरएन एनसीसी लक्जमवर्ग र बौद्धि सत्व विहार काठमाडौंको सहयोगमा तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक झाको सहकार्यमा स्वास्थ्य चौकी चौलाखर्कलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । सोलारबाट चल्ने पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर १ थान एनआरएन एनसीसी लक्जमवर्गद्धारा वितरण गरिएको तरुणदल सोलुका अध्यक्ष अशोक झाले बताए ।

त्यसैगरी बौद्धि सत्व विहार काठमाडौंको सहयोगमा पीपीई १० थान, के ९५ माक्स १४ थान, सर्जिकल माक्स २००, पल्स अक्सिमिटर २ थान, फेसशिल्ड १० थान र स्यानीटाईजर १० लिटर वितरण गरिएको छ । जिल्लाको लिखुपिके ५ किञ्जामा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष झाले बताए ।

तरुणदल सोलुले राजनीतिसँगै सामाजिक सेवा पनि उत्तिकै सक्रियताका साथ गरिरहेको छ । लकडाउनमा अति समस्यामा परेका सयौं विद्यार्थी र दैनिक ज्यालादारी मजदुरहरुलाई दैनिक उपभोग्य खाद्यान्न विभिन्न संघ, संस्था र व्यत्तिहरुको सहयोगमा वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार