२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी



काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ ।

पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ३९ बजे