‘टर्किस एयरलायन्सको कर्मचारीको अमानवीय व्यवहारले नेपाल टेक्ने बित्तिकै घर फर्किए’ स्पेनिस पर्यटक मारिया

  सगरमाथा अनलाईन

काठमाडौं । अन्तराष्ट्रिय उडान भर्दै आएको टर्किस एयरलायन्सका कर्मचारीको अमानवीय व्यवहारले नेपाल घुम्न आएका स्पेनिस पर्यटक मारिया अरिजा नेपाल टेक्ने वित्तिकै आफ्नो देश फर्किएका छन् ।

मारिया अरिजा

बार्सिलोनाबाट ईस्तामबुल ट्रान्जिट भएर नेपाल आएका ९ जना स्पेनिस पर्यटकलाई ईस्तामबुलमा टर्किस एयरलायन्सका कर्मचारीहरुले भिषा नभएको भन्दै अमानविय व्यवहार गरेपछि मारिया नेपाल टेक्ने बित्तिकै आफ्नो देश फर्किएका हुन् । ईस्तामबुल ट्रान्जिटमा अलपत्र पारेर टर्किस एयरलायन्सका कर्मचारीहरुले वेवास्ता गरेपछि उनीहरुले एक रात चिसो भुईमा बिताएका थिए । उनीहरुलाई १४ घण्टापछि पानी र १८ घण्टापछि एक वटा स्यान्डवीच दिइएको थियो ।

‘तीन रातसम्मको मानसिक तनाव र टर्किस एयरलायन्सका कर्मचारीहरुको रुखो अमानवीय व्यवहारका कारण मैले असुरक्षित महशुस गरे’ मारिया अरिजाले भनिन्, ‘त्यसैले नेपाल भ्रमणको सम्पूर्ण कार्यतालिका रद्द गरेर म आफ्नो देश फर्किए ।’

मारिया आफ्नो देश पुगेपछि बार्सिलोनाबाट नेपालसम्म यात्रा गर्दा टर्किस एयरलायन्सका कर्मचारीहरुले गरेको व्यवहार बारे उनले भोगेका समस्याहरु उनकै शब्दमा ।

इस्तानबुलको एयरपोर्टमा ट्रान्जिटको अनुभव पूर्णतया अप्रत्याशित थियो, र यसले मलाई कहिल्यै नगएको देशमा डराएको र पूर्ण रूपमा असहाय महसुस ग¥यो । तिनीहरूले हामीसँग अमानवीय व्यवहार गरे । मैले जताततै खतरा देख्न थाले । त्यसबेलादेखि, म दिनभरि तनावमा थिएँ । मलाई जुनसुकै बेला जे पनि हुन सक्छ जस्तो लाग्यो, त्यसैले डराएको थिएँ । नेपाल आइपुग्दा पनि मनमा त्यो डर थियो । एकातिर, म अलि शान्त भएँ जब मैले त्यहाँ मानिसहरूलाई धेरै मिलनसार देखे, तर अर्को तर्फ म निरन्तर खतरामा छु भन्ने महसुस भने रोक्न सकिन । म सबै कुराबाट डराएको थिएँ । ट्रान्जिट समयमा म मुस्किलले केहि खान र सुत्न सकिन । किनभने कसैले हामीलाई खाना वा आराम गर्ने ठाउँ दिएनन् । जब टर्किस एयरलाइन्सले हामीलाई अर्को दिन एउटा होटेलमा पुर्यायो, मैले खान सकिन । किनभने उनीहरुले हामीसँग गरेको अमानवीय व्यवहारका कारण मलाई धेरै मानसिक तनाव भएको थियो । नेपाल आइपुग्दा पनि त्यस्तै भयो, मेरो शरीरलाई चाहिने भएकाले खानुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले केही खान सकिन । त्यसैले मैले आफूलाई शान्त पार्न घर जानुपर्छ, र अन्ततः फेरि सुरक्षित महसुस गर्न सक्षम हुन र निरन्तर खतरामा नपरेको महसुस गर्न म घर फर्किए ।

यो घटनाको बारेमा पर्यटन व्यवसायी एवं अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपीडिसनका प्रबन्ध निर्देशक कामी शेर्पाको भनाई हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार