कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका ४ जनाको मृत्यु

  सगरमाथा अनलाईन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थिति बुदबुदीमा एकै परीवारका ४ जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित ३ जना बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो । कल्पाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाईका छोरा हुन् ।

शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेर हेर्दा उनीहरु सबैको मृत्यु भैसकेको थियो । ‘कोठाभित्र खाटमुनि कोइला बालेको मात्र देखियो । मृतक चारै जनाको मुखमा फिज देखिन्छ ।’ एक प्रहरी अधिकृतले भने । तर अहिले नै कोइलाकै कारण मृत्यु भएको भनेर भन्न सकिँदैन् । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म आईसकेको अबस्था छैन् ।’ प्रहरी अधिकारीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार