४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

सार्वजनिक ठाउँमा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य



काठमाडौं । सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागु भएको छ ।

सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो अनिवार्य गरिएको छ । आजदेखि लागु हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ ।

अहिले देशभरका खोप केन्द्रहरुमा कोरोना विरुद्धको खोप लगाउनेहरुको संख्या ह्वात्तै बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : ०८ बजे