सोलुखुम्बु । ग्रामिण विकास संस्था काभ्रेपलाञ्चोकद्धारा सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु अनुकुलन कार्यक्रम सञ्चालन गरिएको छ ।

एईआईएन लक्जेम्बर्ग तथा मेन्ग्रब फाउण्डेसनको संयुक्त आर्थिक सहयोगमा गाउँपालिकामा जलवायु अनुकुलन कार्यक्रम सञ्चालन गरिएको हो । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नको लागि जलवायु अनुकुलन कार्यक्रम सन् २०२० देखि शुरु गरिएको ग्रामिण विकास संस्था काभ्रेपलाञ्चोकका कार्यक्रम प्रबन्धक भिमराज राईले बताए । कार्यक्रम सन् २०२३ मा सकिने छ ।
कार्यक्रम शुरु भएको १ वर्षभित्र फुर्केस्थित फुर्केपोखरी निर्माणको काम सकिएको छ । स्थानीय बासिन्दालाई जलवायु परिवर्तनको असर, जलवायु अनुकुलन सम्बन्धी ज्ञान र काठजन्य विरुण उत्पादन गरी वृक्षारोपणका लागि नर्सरी तयार गरिसकिएको प्रबन्धक राईले बताए । कार्यक्रमको अवधि ३ वर्षको हुनेछ ।

कार्यक्रम शुरु भएपछि नेचासल्यान गाउँपालिकाका स्थानीय बासिन्दाहरु उत्साहित भएका छन् । समयभन्दा अगाडिनै विभिन्न फलफुलको फुल खेल्ने, फल्ने र बाली पाक्न थालेपछि कृषकहरु चिन्तित भएका थिए । तर, यी सबै परिवर्तनहरु जलवायु परिवर्तनको असर भएको थाहा पाएपछि कृषकहरु समय अघिनै बाली लगाउन थालेका छन् ।
स्थानीय तह नेचासल्यान गाउँपालिकाले सो कार्यक्रममा २५ प्रतिशत लगानी गरेको छ । स्थानीय सरकारको पनि सो कार्यक्रममा अपनत्व होस भनेर लगानी गर्न लगाएको राईले बताए ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस:
https://youtu.be/GEnLhtBYXcs





तस्वीर सौजन्य: भिमराज राई







