‘अब नेपालको पर्यटन चाँडै लयमा फर्किन्छः’ निर्देशक कार्की [भिडियोसहित]

  सगरमाथा अनलाईन
581 Shares

काठमाडौं । हिमालयन म्याजिक ट्रेक्सका प्रबन्ध निर्देशक नविन कार्कीले नेपालको पर्यटन चाँडै लयमा फर्किने बताएका छन् ।

सगरमाथा अनलाईनसँग कुराकानी गर्दै निर्देशक कार्कीले कोभिड-१९ को अन्त्य ओमिक्रोन भाइरसले गर्ने विश्व स्वास्थ्य संगठनका महानिर्देशक हान्स क्लुगले विश्वास गरेसँगै नेपालको पर्यटन क्षेत्र पनि चाँडै लयमा फर्कने बताएका हुन् । पछिल्लो समय नेपालमा विभिन्न प्राकृतिक प्रकोपका कारण पर्यटन क्षेत्र लयमा फर्किन सकिएको छैन ।

यस्तो विषम परिस्थितिमा सम्पूर्ण पर्यटन व्यवसायीलाई धर्य गर्न कार्कीले आग्रह गरेका छन् । कोभिड-१९ का विभिन्न चरणका भाइरससँग मुकाविला गर्दै स्वास्थ्य मापदण्ड अपनाएर अगाडि बढ्नुको विकल्प नरहेको पनि कार्कीले बताए ।

वि.सं. २०६१ सालदेखि पर्यटक भरियाको रुपमा पर्यटन क्षेत्रमा लागेका कार्कीले छोटो समयमै यस क्षेत्रमा स्थापित भएका छन् । केहि वर्ष पाटनरमा पर्यटन व्यवसाय चलाएका कार्कीले सन् २०१५ देखि आफ्नै नेतृत्वमा हिमालय म्याजिक ट्रेक्स सञ्चालन गर्दै आएका छन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोसः

https://youtu.be/YBgTN6Uq65U

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार