सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी शुरुवात गरेको छ ।
वडा नं ५ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदबार बनेकी दलित वडा सदस्य शर्मिला हिङमाङ निर्विरोध भएकी छिन् । नेपाली कांग्रेसबाट विमला नेपालीले दलित वडा सदस्यका लागि दर्ता गराएको उम्मेद्वारी फिर्ता लिएपछि माओवादी केन्द्रबाट उम्मेदवार बनेकी सर्मिला निर्विरोध बनेकी हुन् ।
सो वडाबाट नेकपा एमालेबाट दलित वडा सदस्यमा उम्मेद्वारी परेको थिएन । विमलाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै सर्मिला हिङमाङ निर्विरोध बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।