१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

विराटनगर महानगरपालिकाको मतगणना सुरु



विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर पानी परेका कारण २ घण्टा ढिलो १० बजेबाट सुरु भएको हो ।

महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता छन् । निर्वाचनमा ८९ हजार ८ सय ९६ मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ४५ बजे