सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको वडा अध्यक्षको उम्मेदवार फुनुरु शेर्पाको प्यानलनै विजयी भएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको थियो । तर, यस पटकको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्षको उम्मेदवारसहित ४ वडा सदस्यमा विजयी हासिल गरेको हो ।
८७८ मत खसेको वडामा ४३८ मत प्राप्त गरि कांग्रेसका वडाअध्यक्षका उम्मेदवारसहित प्यानलै विजयी बनेको खुम्बुबाट ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

कांग्रेसले वडा अध्यक्षमा शेर्पा सहित सदस्यमा भिजन राना मगर, अनिल राई, दलित महिला सदस्यमा कमला विक र महिला सदस्यमा लकुफुटी शेर्पालाई उम्मेदवार बनाएको थियो ।
सो वडामा नेकपा एमालेले ङिमादोर्जी शेर्पालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । उस्ले ४०६ मत प्राप्त गरे ।
गाउँपालिका अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार चुङबा शेर्पा र एमालेको उम्मेदवार मिङमारछिरी शेर्पाको कडा चुनावी प्रतिस्पर्धा भैरहेको छ ।







