२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलु कांग्रेस उम्मेदवारी छनौटमा जिल्ला सभापति शेर्पाले एकल निणर्य गरेः केन्द्रीय सदस्य केसी

विज्ञप्तीको कुनै अर्थ छैनः सभापति शेर्पा


सगरमाथा अनलाईन

२० जेष्ठ २०७९, शुक्रबार  

12.3k
Shares

सोलुखुम्बु । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति नामगेल जाङ्बु शेर्पाको एकल निर्णयमा उम्मेदवारी सिफारिस भएको आरोप लागाइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसी र निवर्तमान सभापति विनोद बस्नेतले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सभापति शेर्पाले स्थानीय निर्वाचनमा आफूखुशी उम्मेदवार सिफारिस गरिएको आरोप लगाइएको हो । ‘नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुका पदाधिकारीहरु एवं जिल्ला संसदीय समितिका ५ जना सदस्यहरुले मिति २०७९ जेठ १२ गते प्रकाशित विज्ञप्तीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ केसी र बस्नेतले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ । ‘साथीहरुले मिति २०७९ वैशाख ३० गते सम्पन्न पालिकाहरुको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारहरु छनौट गर्दा हामी लगायत जम्मा ४ जना मात्र बसी निर्णय भएको र त्यस निर्णयले पार्टीको विधि, पद्धती, विधान, नियमावलीको समेत उलंघन भएको सन्दर्भ उठाउनु भएको छ । सो उम्मेदवारी छनौट गर्दा हामीसँग सामान्य छलफल मात्रै भएको हो । तर, विधान र नियमावलीमा उल्लेख भएको जिल्ला संसदीय समितिको बैठक बस्दै नबसी जिल्ला सभापतिले एकल निर्णय गरेको यथार्थ जिल्ला एवं पार्टीका सबै तहका साथीहरुमा स्पष्ट पार्न चाहन्छौं ।’

हेर्नुहोस विज्ञप्ती

विज्ञप्तीको कुनै अर्थ छैनः सभापति शेर्पा

नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति नामगेलजाङ्बु शेर्पाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसी र निवर्तमान सभापति विनोद बस्नेतले स्थानीय तह निर्वाचनको उम्मेदवारी छनौट सम्बन्धी जारी गरेको विज्ञप्तीको कुनै अर्थ नै नभएको बताएका छन् ।

Sagarmatha

केसी र बस्नेतले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीको प्रतिक्रिया दिँदै शेर्पाले नेपाली कांग्रेसको विधान बमोजिमनै संसदीय समितिको बहुमतले निर्णय गरी स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट गरेको प्रतिक्रिया दिएका हुन् । ‘हामीले संसदीय समितिको बैठक बसी बहुमतले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गरेका हौं ।’ सभापति शेर्पाले भने, ‘हामीसँग संसदीय समितिको बैठकमा बहुमतले गरेको निर्णय सुरक्षित छ । यदि हेर्न चाहनुहुन्छ भने हामी देखाउन सक्छौं ।’

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : ४० बजे