अग्निपथ योजनाको विरोधमा भारतीय युवा सडकमा

  कृष्ण जित राई

काठमाण्डौं । भारतका करोडौं युवाहरु भारत सरकारले जारी गरेको अग्निपथ योजनाको विरोधमा सडकमा आगजनी गरेका छन् । आन्दोलन मत्थर पार्न भारतीय सुरक्षा प्रहरी बल पूर्ण रुपमा परिचालन गरिएको छ तर विरोध रोकिन्छ भन्दा झनै उग्ररुप लिएको छ । भारतमा जारी अग्निपथ योजना भारतीय प्रधानमन्त्री नरेन्द« मोदीको ड्रिम योजना हो । भारत देश र भारतीय जनताको सुरक्षाका निम्ति आम भारतीय नागरिक पनि सैन्य अभ्यासमा आवद्ध गराउँने र भारत कुनै छिमेकी राष्ट्रसँग ठूलै युद्धमा होमिनु परेको खण्डमा भारतमा सैन्य शक्ति पनि कम नहोस् ताकि त्यस्तो अवस्थामा आम भारतीय नागरिक युद्ध लड्न सक्ने क्षमता र हतियार चलाउन सक्ने होस् भन्ने उदेश्यले भारतका वर्तमान मन्त्रीपरिषद्ले अघि सारेका अग्निपथ योजना कार्यान्वयनमा ल्याउने घोषणमात्र गर्न भ्याएको थियो । सोही दिन देखि भारतका तमाम् युवाहरु सडकमा उत्रेका हुन् । सो अग्निपथ योजनाको विरोधमा उत्रेका आन्दोलनकारीहरुले बस, रेल र सडकमा गुड्ने निजी हजारौं सवारीसाधन तोड फोड् गर्नका साथै आगजानी गरेका छन् ।

देशव्यापी आन्दोलने गर्दा सडक थप्प हुँदा करोडौं यात्रुहरु एक ठाउँबाट अर्को स्थानमा जान रोकिएका छन् र लाखौं यात्रीहरु सडकमा अल्पत्र परेका भारतीय सञ्चारमाध्यम्ले समाचार संप्रेषण गरेका छन् ।

भारतीय सरकारको अग्निपथ के हो ?

भारतीय सेनामा भर्ती हुन उमेर १७ देखि २३ वर्ष सम्म सेवा गर्न सक्ने त्यसपछि स्वत रुपमा अवकाश लिनु पर्ने । सो अवधिमा सेनाले पाउँने सेवा सुविधा उपभोग गर्न पाइने । सेवा अवधि चार वर्ष सेवा पूरा भएपछि, अनिवार्य सवाबाट बाहिर हुनुपर्ने । त्यसरी सेवा अवकाश हुँदा मात्र भारतीय रुपैया चार लाख प्राप्त गर्ने छन् । विगत तीन वर्ष देखि भारतीय जवानहरुले भारतीय सेनामा आवद्ध हुन् शारिरीक र स्वास्थ्य चाज गरिसकेका लाखौ युवाहरु पनि यहि कार्यविधि अनुसार सेनामा भर्ती हुन परिक्षा दिनुपर्ने छ । त्यसैले गर्दा भारतीय आम युवाहरु निकट भविष्यमा बेराजगार हुने र भारतीय सेनमा चार वर्षीय सेवा पश्चात के आधार र दक्षतामा कहाँ सेवा गर्ने ? भन्ने गम्भीर प्रश्न करोडौं भारतीय युवाहरुमा जागेको छ त्यसैले सरकारको पग्निपथ योजनाको विराधमा करोंडौ भारतीय युवाहरु सडक आन्दोलनमा उत्रेका छन् । यसरी युवाहरु आन्दोलनमा होमिनु भारतीय कुनै पार्टी तथा सुनियोजितमा नभइ युवाहरुको भविष्य विग्रने डरले स्व स्फूर्त युवाहरु सो जारी अग्निपथ योजनाको विराधमा उत्रेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार