थुलुङ दुधकोशीको बजेट ५१ करोड ८३ लाख

  सगरमाथा अनलाईन

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैँयाको बजेट ल्याएको छ ।

पालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिवेशनबाट संघ, प्रदेश र आन्तरिक अनुमानित आम्दानीको अधिनमा रही बजेट ल्याएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

संघीय समानिकरण अनुदान १४ करोड २१ लख, सशर्त अनुदान २५ करोड २ लाख, राजस्व बाँडफाँड ८ करोड ५५ लाख ९३ हजार, समपुरक अनुदान एक करोड १० लाख, विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समानिकरण अनुदान ७८ लाख १६ हजार, राजस्व बाँडफाँड २८ लाख ४३ हजार र आन्तरिक आम्दानी एक करोड ८ लाख ४३ हजार गरि ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैँयाको बजेट ल्याइएको हो ।

गाउँपालिका उपाध्यक्ष सविता राईले आजै गाउँसभामा नीति तथा कार्यक्रम पेश गरेकी छिन् । तेलमा आत्मनिर्भर बन्ने, कृषि एम्बुलेन्स सन्चालन गर्ने, खानेपानी बोर्ड गठन अब उक्त बोर्डले खानेपानी दिगो समस्या समाधान गर्ने, यो वर्ष भित्र सबै गाउमा राष्ट्रिय प्रशारण लाइन विधुत विस्तार गरि उज्यालो गाउपालिका घोषणा, विधुत बस सन्चालनको लागि चार्जिङ स्टेसन निर्माण, गाउँपालिकालाइ प्रविधि मैत्री बनाउने लगायत नीति तथा कार्यक्रममा समाबेश गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार