सोलुखुम्बुमा चट्याङ लागेर १ बालकको मृत्यु

  सगरमाथा अनलाईन
196 Shares

सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मंगलबार साँझ पानी सङ्गै परेको चट्याङका कारण थुलुङ दुधकोशी गाउँपालिका–९ वडाका ७ वर्षीय बालक सुजन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

उनकी आमा ताकमाया तामाङ घाइते भएकी छिन् । माइतीघर हिडेकी आमासँङ्गै रहेका बालक पानी परि ओत लागेर घरको पेटिमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार