एकथान भरुवा बन्दुकसहित पक्राउ

0 Shares

पाल्पा, १४ भदौ । स्याङ्जा जिल्लामा एक थान भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।

स्याङ्जाको सेखाम–२ का ताराबहादुर शाही पक्राउ परेका हुन् । शाहीको घरमा गोप्य सूचनाका आधारमा सोमबार खोजतलासी गर्दा उनी पक्राउ परेका हुन् ।

स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार एक थान भरुवा बन्दुकसहित १३ थान सिसाका गोली फेला परेको छ ।

शाहीलाई अनुसन्धानका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी अनुसन्धान अगाडि बढाइएको बरालले बताए । शाहीलाई अदालतले हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार