४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक पेस गर्ने तयारी



काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पेस गर्ने उल्लेख गरिएको छ ।

आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत हुनेछ ।

नेपाल रेल्वे विधयक–२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने, आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका कार्यसूची पनि रहनसक्ने संसद सचिवालयले जनाएको छ । बैठक विहान ११ बजे बस्ने सचिवालयका कर्मचारीले बताए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ०० बजे