सकारात्मक सोच र धर्यताले मानिसलाई सफल बनाउँछः अध्यक्ष बस्नेत [भिडियोसहित]

  सगरमाथा अनलाईन

सोलुखुम्बु । सोताङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष एवं नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले जीवनमा सकारात्मक सोच र धर्यता राख्ने मानिस सफल हुने बताएका छन् ।

सगरमाथा अनलाईसँग कुराकानी गर्दै अध्यक्ष बस्नेतले सकारात्मक सोच, कामप्रति निरन्तर मेहनत र धर्यताले मानिसलाई सफल बनाउने बताएका हुन् । ‘म गाउँमा जन्मिए । राम्रोसँग पढ्न पाईन । दिउँसो विद्यालय गए पनि विहान बेलुकी भेडागोठालो जानु पथ्र्यो ।’ बस्नेतले भने, ‘अधिकांश समय त भेडालाई लिएर लेकतिर जानु पथ्र्यो । त्यही भएर म नियमित रुपमा विद्यालय जान सकिन ।’

उच्च माध्यमिक शिक्षा गाउँमै अध्ययन गरेका बस्नेत काठमाडौं आएपछि रियल स्टेटमा लागे । उनले छोटो समयमै व्यवसायिक रुपमा सफलता पाए । उनको कामप्रतिको लगाव, निरन्तरता र व्यवसायिक क्षमताका कारण उनी सफल भएको बताउँछन् । उनी राजनीतिसँग सँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनले कोरोना कहरका बेला हजारौं घरपरिवारलाई दैनिक उपभोग्य वस्तुहरु राहत स्वरुप प्रदान गरेका थिए । साथै आर्थिक अभावमा अस्पतालको बेडमा छटपटाईरहेका बीरामीहरुलाई समेत सहयोग गरेका छन् । उनको जीवनको उत्तारचढावलाई बस्नेतले यसरी व्यक्त गरेका छन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार