१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

उपसभामुख निर्वाचनमा देखिएको १५ तस्वीर



काठमाडौं ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । उपसभामुख निर्वाचनमा देखिएका केहि महत्वपूर्ण तस्वीरहरु हेर्नुहोस ।

तस्वीर: बुद्धवीर बाहिङ

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ०३ बजे