अमेरीकी सभामुख पेलोसी ताइवानमा, ताइवानमाथि भिषण आक्रमण गर्ने चीनको चेतावनी

काठमाडौं । अमेरिका र चीनबीच लामो समय देखि शित युद्ध चलिरहको बेला, अमेरिकन सभामुख नैन्सी पेलोसीको एशिया भ्रमणले गर्दा दुई देशबीच झनै तनाव बढाएको छ । विवादको मुख्य विषय हो ताइवान एक स्वतन्त्र राष्ट्रको रुपमा खडा गर्न अमेरिकाले रणनीतिक योजना गरेको छ भने,अमेरिकाको सो गतिविधि प्रति चीन चिढिएको छ । ताइवान चीनको एक हिस्सा मान्दछ चीन,ताइवानलाई कसैले स्वतन्त्र राष्ट्रको रुपमा हेर्छ जसलाई चीनले दुश्मनको रुपमा लिन्छ । यदि त्यस्तो दुष प्रयास जसले गर्छ त्यसैले ठूलो परिणाम भोग्नुपर्छ भन्ने चीनले धम्की दिँदै आएको छ ।

फाईल: तस्बिर

युक्रेन र रसियाबीच चलेको लामो युद्ध र विश्वका सक्तिशाली राष्ट्रहरु करिब दुई ध्रुबीकरणमा उभिएको अवस्थामा, अमेरिकाले सक्ति बढाउँन पछिल्लो समय विश्व राजनीतिमा चलखेल गर्न थालेको हो । यसै चलखेलाई मध्यनजर गरि चीनले अमेरिकालाई पटक पटक चेतवानी दिँदै आएका छ । अमेरिकन सभामुख नैन्सी पेलोसीको एशिया भ्रमणले झनैे दुई देशबीच तनाव बढाएको छ ।

चीनका राष्ट्रपति सिचिन्फिङ्ग र अमेरिकन राष्ट्रपति जो वाइडेनबीच भएको साढे दुई घण्टा लामो टेलिफोनवार्तले पनि कुनै सकरात्मक निस्कर्ष नआएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् । सो दुई देशको राष्ट्रपतिबीच भएको टेलिफोनवार्तामा, यदि अमेरिकन सभामुख नैन्सी पेलोसी ताइवान भ्रमण गरेमा चीनले सिधै ताइवानमाथि सैन्य कार्बाही गर्ने चेतावनी दियो, भन्ने समाचार बाहिर आएको थियो ।

सो चेतावनीले विश्व कतै तेस्रो विश्वयुद्ध तर्फ ढकेलिने त होइन भन्नेमा रक्षा विज्ञहरु तरङ्गित भएका छन् । ताइवन माम्मलाले गर्दा विश्वका सक्तिशाली दुई देश चीन र अमेरिकाबीच युद्ध हुने ठूलो सम्भावना बढेको रक्षा विज्ञहरुले बताएका छन् । पछिल्लो समय चीन र अमेरिकाबीच बढेको विवाद चुलेलिएर गएको अन्तराष्ट्रिय माम्माल जानकार बताउँछन् । सो विवाद बढेकै समयमा अमेरिकन सभामुख नैन्सी पेलोसीको ताइवान भ्रमण कार्यक्रमले झनै विश्व ठूलो युद्धमा होमिने त होइन भन्ने आशंका पैदा भएको छ । पेलोसीको एशिया भ्रमणका क्रम्मा आज मलेशिया पुगेकी छिन् ।

सो मलेििशया पश्चात ताइवान जाने कार्यक्रम रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम्हरुले समाचार सम्प्रेषण गरेका छन् । सोहि भ्रमणलाई ध्यान केन्दि«त गर्दै चीनले ताइवान सीमा क्षेत्रमा आफ्नो सम्पूर्ण सैन्य सक्ति बढाएको समाचार चाइना ग्लोबल टाइम लगायतका सञ्चारमाध्यमार्फत बाहिर आएको छ । सो पेलोसीको भ्रमणसँगै,चीनले ताइवानमाथि सैन्य आक्रमण गरेमा विश्व तेस्रो विश्व युद्धमा ढकेलिने त होइन ? भन्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार