वडा अध्यक्ष बस्नेतले जन्मदिनमा खुवाए ४५ अनाथलाई खाना

  सगरमाथा अनलाईन

काठमाडौं । सोताङ गाउँपालिका वडा नं. ३ सोलुखुम्बुका वडा अध्यक्ष एवं नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले ४५ अनाथ बालबालिकालाई खाना खुवाएका छन् ।

अध्यक्ष बस्नेतले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठन भक्तपुर शाखाका ४५ अनाथ बालबालिकालाई खाना खुवाएका हुन् । बस्नेत दम्पत्तीले भत्तपुरस्थित अनाथलयमा पुगि बालबालिकालाई खाना खुवाएका छन् ।  पछिल्लो समय नेपालमा बढिरहेको कोरोना महामारीकाबीच विभिन्न समस्या सामना गरिरहेका अनाथ बालबालिकालाई जन्मदिनको अवसरमा खाना खुवाएको बस्नेतले बताए ।

‘मैले यो बाल आश्रममा विगत ८ वर्षदेखि निरन्तर मेरो जन्मदिन पारेर यहाँ भएका बालबालिकाहरुलाई खाना खुवाईरहेको छु ।’ अध्यक्ष बस्नेतले भने, ‘केक काटेर जन्मदिन मनाउनुभन्दा आफूले सकेको सहयोग यस्ता बाल आश्रममा भएका बालबालिकाहरुलाई दिन सकियो भने त्यो भन्दा ठूलो मानवीयता र धर्म अरुतिर खोज्नु पर्दैन ।’

अध्यक्ष बस्नेतले अघिल्लो वर्ष नेपाल बाल संगठन सिफल शाखाका ३९ जना अनाथ बालबालिकालाई जन्मदिनको अवसर पारेर खाना खुवाएका थिए । समाज सेवासँग सँगै बस्नेत राजनीतिमा पनि सफलता हासिल गरेका छन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बस्नेत गएको स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका हुन् । वडा अध्यक्षको प्रत्यासी उम्मेदवार घोषणासँगै आफूले कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका बस्नेतले निर्वाचित भएपछि उनले पाउने तलब, भत्ताले १ जना शिक्षक राखेर स्थानीय विद्यालयमा पठनपाठन गराइरहेका छन् ।

वडा अध्यक्ष बस्नेत सक्रिय राजनीतिसँगै विभिन्न सामाजिक सेवामा क्रियाशील छन् । उनी सम्पर्क समितिको सभापति भएपछि विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण लकडाउन र निषेधाज्ञामा २ हजार ७ सय घरपरिवार बढिलाई राहत स्वरुप चामल, दाल, खानेतेल र नुन वितरण गरेका थिए । साथै २ पटक रक्तदान कार्यक्रम लगायत अन्य विभिन्न कार्यक्रमहरु गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार