२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

तथ्य बंग्याएर बेरुजुलाई भ्रष्टाचार भनिएको थुलुङदुधकोशीको स्पष्टोक्ती


सगरमाथा अनलाईन

२ भाद्र २०७९, बिहिबार  

322
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा देखिएको बेरुजुलाई भ्रष्टाचारसँग जोडिएर लेखिएको समाचारप्रति पालिकाले ध्यानकषर्ण भएको जनाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पालिकाको बेरुजुको विषयलाई बंग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताको माध्यमबाट अतिरन्जित बनाउन गरेको कार्य प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

“महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदन अनुसार यस पालिकाको १ अर्व ४ करोड १२ लाख ५० हजार रुपैँयाको लेखापरिक्षण गर्दा रु.१ करोड ५१ लाख ४७ हजार बेरुजु देखिएको छ ।” थुलुङ दुधकोशी गाउँपालिका-७ का वडा अध्यक्ष एवम् पालिका प्रवक्ता भोजराज कार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “जसमा शैद्धान्तिक बेरुजुको हिस्सा ठूलो छ । यो अंक हेर्दा जिल्लाको ८ वटा स्थानीय तह मध्ये हाम्रो गाउँपालिको सबै भन्दा कम बेरुजु रकम हो । उक्त कुरा स्वतन्त्र आमसंचारका माध्यमहरुबाट जनतामाझ प्रेसित भईसकेको छ ।”

कार्य सम्पादनको क्रममा अभिलेख व्यवस्थापनमा भएको सामान्य कमी कम्जोरीले बेरूजु देखिएका र ती बेरूजुहरू समपरीक्षण गराई शून्य कायम गर्न र आगामी बेरूजु शून्य उन्मुख भई कार्य सम्पादन गर्न पालिका प्रशासन नियमित रूपमा कार्यरत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बेरूजुहरू समपरीक्षणबाट नियमित भईजाने यथार्थलाई बंग्याएर बेरूजु भनेको भ्रस्टचार हो भनेर पछिल्लो समय केही अनलाइन मिडियामा श्रृंखलावद्धरुपमा समाचार सम्प्रेसन गरि दिगभ्रमित गर्ने प्रयास गरेको गरेकाले त्यस्ता समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पारिएको छ ।

Sagarmatha

गाउँपालिकाद्धारा जारी गरिएको प्रेस विज्ञप्ती 

समपरिक्षण गरि न्यून बेरूजु कायम भएको अवस्था पछि समपरीक्षण अघिको महालेखा परिक्षकको प्रारम्भिक प्रतिवेदनको विवरण दिएर अतिरन्जित गर्ने प्रयास गरेको विज्ञप्तिमा दावी गरिएको छ । श्रृंखलाबद्धरुपमा यस्ता भ्रामक समाचार सम्प्रेषण गर्नेहरुलाई नेपालको प्रचलित ऐन, कानुन अनुसार कार्वाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

बेरुजु हटाइएको महालेखापरीक्षकको कार्यालयबाट प्राप्त पत्र

बेरुजू फस्र्यौट गर्न भूमिका खेलेको भन्दै निर्वतमान र वर्तमान प्रमुख प्रशासकीय अधिकृत क्रमशः अविराज राई र उद्धव ढुंगानालाई प्रशंसापत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष असिम राई ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १ : ४७ बजे