भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

  सगरमाथा अनलाइन

काठमाडौं । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका ३ जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ३ जना नेपाली र १ जना भारतीय चालक गरी ४ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।

बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार