‘खेलकुदको माध्यमबाट पनि समृद्धि सम्झव छ:’ अध्यक्ष राई

  सगरमाथा अनलाईन
70 Shares

सोलुखुम्बु । जिल्लाको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदको माध्यमबाट पनि समृद्धि सम्भव रहेको बताएका छन् ।

 

वडा नम्बर ४ स्थित रंगशालामा सोमबारबाट सुरु भएको १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उपस्थित जनमासलाई सम्बोधन गर्दै अध्यक्ष राईले खेल राष्ट्रका लागि मात्रै नभएर स्वस्थ्यका लागि समेत हितकार रहेकाले यसबाट पनि समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।

अध्यक्ष राईले ग्रामिण भेगमा रहेका कयौँ खेलाडीहरुको क्षमता ओझेलमा परेको भन्दै उनीहरुको क्षमतालाई स्थानीय सरकारले प्रोत्साहन गर्ने बताए । खेलको माध्यमबाट राष्ट्रलाई नै विश्वमाझ चिनाउन सकिने स्मरण गराउँदै अध्यक्ष राईले खेलकुद क्षेत्रमा माप्यदुधकोशी गाउँपालिका लगानी गर्न तयार रहेको बताए ।

खेल र खेलाडीको सर्वाङ्गित विकासमा आफुहरु लागि परेकाले सबैले साथ दिन राईले आग्रह गरे । ग्रामिण भेगमै जन्मिएका राष्ट्रको गहना खेलाडीहरुलाई अब विश्व माँझ पु¥याउन सबै लाग्नुपर्ने बेला आएको उनले बताए ।

माप्यदुधकोशी गाउँपालिकामा सोमबारबाट सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी विहिबारसम्म जारी रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रकुमार यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार