थुलुङ दुधकोशीको मुक्लीमा एटीएम सेवा शुरु

  सगरमाथा अनलाईन
273 Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा लक्ष्मी बैंकको एटीएम सेवा शुरु भएको छ । गाउँपालिकाको प्रशासनिक भवनमा राखिएको एटीएम मेसिनको विहिबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका हुन् ।

गाउँपालिका केन्द्रमा सञ्चालित लक्ष्मी बैंकले सेवाग्रहीको सहजता र गाउँपालिकाको माग अनुसार सेवा प्रवाह गरेको कर्मचारीले बताए । गाउँपालिकाको माग अनुसार अहिले बैंकले ५ स्थानबाट सेवा प्रवाह गरीरहेको छ । लक्ष्मी बैंक मुक्ली शाखाका म्यानेजर प्रेम बस्नेतका अनुसार व्यवस्थित र प्रभावकारी सेवा प्रवाहमा लागि परेको बताए ।

गाउँपालिका अध्यक्ष असिम राईले पहाडी जिल्लामा नै पहिलोपटक बैंक राख्न सफल भएको दावी गर्दै बैंक सञ्चालक तथा कर्मचारीलाई धन्यवाद दिए । नागरिकको सेवालाई सहज र सरल बनाउनुपर्ने दायित्व ठानेर गाउँपालिका अघि बढेको अध्यक्ष राईले बताए ।

गाउँपालिकामा एटिम सञ्चालन भएसँगै बैंकमा लाइन बस्नुपर्ने र झण्झटीलो प्रक्रियाबाट रकम निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार