६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कुनैपनि बेला शौचालय छड्के गर्ने मन्त्रीको चेतावनी, पर्यटन मन्त्रालयले दियो यस्तो निर्देशन



काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलदेखि मन्त्रालय मातहतका कार्यालयहरुको शौचालयको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

मंगलबार पदभार ग्रहण गर्दै मन्त्री किँरातीले मन्त्रालयमा आफूले प्रयोग गर्ने जस्तै एयरपोर्टदेखि मातहतका सबै निकायमा शौचालयको सरसफाइमा विशेष ध्यान दिइ नमूना प्रदर्शनका लागि निर्देशन दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले एक विज्ञप्ति जारी गर्दै मन्त्री किरातीले अन्तर्राष्ट्रिय एवम आन्तरिक विमानस्थलहरु, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक समपदाहरु, संग्रहालयहरु, पर्यटकीय क्षेत्रहरुलगायतमा तोकिएको मापदण्ड बमोजिम नियमित सरसफाइ गर्न निर्देशन दिएको उल्लेख गरेका छन् ।

Sagarmatha

यस्तो छ मन्त्रालयको विज्ञप्तिः 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : २५ बजे