दुधकोशी सामुदायिक अस्पतालमा सेवा विस्तार [फोटोफिचर]

  सगरमाथा अनलाईन
112 Shares

सोलुखुम्बु । जिल्लाको दुधकोशी सामुदायिक अस्पतालले दन्त र एक्सरे सेवा बिस्तार गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीमा सञ्चालित अस्पतालले दन्त तथा एक्सरे सेवा बिस्तार गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

बिहिबार थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सेवाको शुभारम्भ गर्नुभयो । सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष असिम राईले दाँत सम्बन्धी सेवा लिनका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउँनुभयो । अहिले परीक्षणकालमा रहेकोले अबको केहि समयमा अत्याधुनिक सेवा प्रदान गर्ने भन्दै गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेको अध्यक्ष राईले बताउँनुभयो । सेवा सुभारम्भ कार्यक्रममा गाउँपालिका उपाअध्यक्ष सविता राई सहित विभिन्न वडाका वडा अध्यक्ष, पालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

५० शैँयाको दुधकोशी सामुदायिक अस्पतालको असोज ३ गते प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले उद्धघाटन गर्नुभएको थियो । रु.१० करोड १० लाखको लागतमा गाउँपालिका र स्थानीयहरुको लगानीमा अस्पताल भवन निर्माण गरिएको हो ।

हाल अस्पतालले ओपिडी सेवा, ल्याब, फार्मेसी र भेडियो एक्सरे सेवा दिइरहेको अस्पताल प्रमुख स्मिता बिष्टले जानकारी दिनुभयो । अस्पतालमा २ जना एम.बि.बि.एस. डाक्टर सहित १७ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

तस्वीरमा दुधकोशी सामुदायिक अस्पतालको सेवा विस्तार हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार