२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

राष्ट्रपति पौडेल उपचार गराएर स्वदेश फर्किए



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर स्वदेश फर्किएका छन् ।

राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचार पश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि भर्ना भएका थिए । उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली संलग्न थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ३४ बजे