देउवालाई गगनको प्रश्नः ओलीले बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ?

  सगरमाथा अनलाईन
126 Shares

काठमाडौं । नेपाली कांग्रेसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने चर्को विवाद भएको छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने अडान लिएका छन् ।

तर संस्थापन पक्ष भने निलम्बनको विपक्षमा देखिएको छ । सहमहामन्त्री महेन्द्र यादवले त चर्को प्रतिवाद नै गरेका छन् । खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी र केही नेताहरुलाई परामर्शका लागि बोलाएका थिए । आफ्नै निबास, धुम्बाराहीमा भएको छलफलको सुरुमै देउवाले छोटो बोलेका थिए । लगत्तै उपसभापति पूर्णबहादुर खड्काले खाँण पक्राउलगायतका घटनाबारे ब्रिफिङ गरे । त्यसक्रममा उनले बुधबार पार्टीको बैठकमा भएको छलफलको विषय बाहिर कसरी आयो भनेर असन्तुष्टि समेत पोखेका थिए । पार्टीमा फरक फरक विचार आउनु स्वभाविक भएपनि बाहिर लैजानु राम्रो नभएको उनको तर्क थियो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्य खाँणले आफू निर्दोष भएको दाबी गरेको र आफूहरुलाई पनि त्यही विश्वास रहेको बताए । तर अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिइसकेपछि खाँण आफैंले पार्टीको जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नु उपयुक्त हुने बताएको एक नेताले जानकारी दिए । ‘त्यसो गर्ने हो भने एउटा विन्दुमा पार्टीले निलम्बन गर्नुपर्छ’, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार