३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

विकास निर्माणमा सबै दलको सहकार्य आवश्यक छः मेयर शेर्पा



सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले जुनसुकै विकास निर्माणको काममा सबै राजनैतिक दलको सहकार्य आवश्यक भएको बताएका छन् ।

विहीबार सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ तिङला वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीय स्तरका विकास निर्माणको कार्यमा सबै दल मिल्नुको विकल्प नरहेको बताएका हुन् ।

तिङलाले नेपालको राजनैतिक क्षेत्रमा विशेष योगदान पु¥याएको स्मरण गर्दै मेयर शेर्पाले भने, ‘हिजो तिङलामा जनप्रतिनिधि नहुँदा जति चिन्तित थिए । अहिले जनप्रतिनिधि हुँदा पनि उत्तिकै संवेदनशील छु ।’

तिङलामा शिक्षा, सडक, विद्युत र कृषिमा उल्लेख काम भएको दाबी गर्दै उनले स्वास्थ्यका क्षेत्रका केही महत्वपूर्ण काम गर्न बाँकी रहेको बताए । मेयर शेर्पाले एकता र सघर्ष तिङलाको पहिचान भएकाले विकास निर्माणको सवालमा नेतृत्वलाई सचेत गराउन आग्रह गरे ।

भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, वडाअध्यक्ष टंक कार्की तथा जनप्रतिनिधि, शिक्षकलगायत तिङ्लाबासीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १ : ५७ बजे