९ असार २०८२, मंगलबार | Tue Jun 24 2025

परराष्ट्रले भन्योः इजरायलमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर



काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ९ नेपाली घाइते भएको र तीमध्ये २ को अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : ४२ बजे