२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

इजरायलमा हमासको आक्रमणबाट १ हजार ३ सयको मृत्यु, कुन देशका कति नागरिक मारिए ?



काठमाडौं । गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अहिलेसम्म १ हजार ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा मारिनेमा १०० भन्दा बढी विदेशी छन् ।

२४ देशका नागरिक मारिएको पुष्टि भएको छ । सबभन्दा बढी अमेरिकाका २७ जनाको मृत्यु भएको छ । नेपालका पनि १० जना मारिएका छन् ।

जर्मनी, मेक्सिकोका कयौं नागरिकलाई हमासले बन्ध बनाएको खबर छ भने इटली, पाराग्वे, श्रीलंका र तान्जानियाका केही मानिस हराइरहेका छन् । नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको बताइएको छ ।

कुन देशका कति ?

अमेरिकाः २७, थाइल्याण्डः २४, फ्रान्सः १५ जना, नेपालः १० जना विदेशी नागरिकको मृत्यु भएको छ । त्यसैगरी अर्जेन्टिनाः ७, युक्रेनः ७, रुसः ४, ब्रिटेनः ४, चिलीः ४, अष्ट्रियाः ३, बेलारुसः ३, फिलिपिन्सः ३, ब्राजिलः २, पेरुः २, रोमानियाः २, अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विट्जरल्याड, कोलम्बिया र पाराग्वेः १/१ जना विदेशी नागरिकको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ४२ बजे