साेलुखुम्बु । पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले एभरेष्ट दुधकोशी कल्चरल ट्रेल माप्य दुधकोशी गाउँपालिकाको लागि ऐतिहासिक ट्रेल भएको बताएका छन् ।
एभरेष्ट दुधकोशी कल्चरल ट्रेल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पर्यटन व्यवसायी कार्कीले समय समयमा गाउँपालिका अध्यक्षलाई यस्तो ट्रेलको बारेमा झकझकाई रहेतापनि काेरोनाका कारण पहिले सफल नभएको तर अहिले सफल भएको बताएका हुन् । ‘माप्य दुधकोशीमा सञ्चालनमा आएको एभरेष्ट दुधकोशी ट्रेलले समग्र गाउँपालिकाको विकासमा टेवा पुर्याउने छ,’ कार्कीले भने, ‘यस्तो साँस्कृतिक पदयात्राले पर्यटकहरुलाई तान्न सकिन्छ ।’
‘पर्यटन क्षेत्रमा लाग्ने हाम्रो गाउँबाट मेरो बुबा गाउँकै पहिलो व्यत्ति हो ।’ कार्कीले भने, ‘बुबाको पर्यटन क्षेत्रमा लगाव र क्रियाशिलताका कारण पनि म यो क्षेत्रमा निरन्तर लागिरहेको छु ।’

कार्यक्रम सोलु दुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाको सिमानामा अवस्थित सेलगुढि डाँडामा भएको छ । कार्यक्रममा २८ पटक सगरमाथा चढेर विश्व कीर्तीमानी कायम गरेका कामीरिता शेर्पा, प्रदेश सांसद एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी लगायत अतिथिहरुको उपस्थिति रहेको छ ।