एभरेष्ट दुधकोशी कल्चरल ट्रेल लुकेको पर्यटकीय ठाउँ चिनाउने उत्तम विकल्प: कीर्तीमानी आरोही शेर्पा

  सगरमाथा अनलाईन
441 Shares

सोलुखुम्बु । विश्व कीर्तीमानी सगरमाथा आरोही कामीरिता शेर्पाले एभरेष्ट दुधकोशी कल्चरल ट्रेल गाउँपालिकामा लुकेर रहेका सँस्कृति, पर्यटकीय ठाउँ चिनाउने राम्रो बाटो भएको बताएका छन् । एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आरोही शेर्पाले आफ्नो ठाउँको विकास आफै लाग्नुपर्ने भन्दै एभरेष्ट दुधकोशी कल्चरल ट्रेल गाउँको मात्र नभइ देशकै लागि फाइदा हुने बताएका हुन् ।

‘हाम्रो देशको साँस्कृतिक क्षेत्रमा पर्यटकहरुलाई तान्न ठूलो सम्भावना छ,’ आरोही शेर्पाले भने, ‘लुकेका पर्यटकीय ठाउँलाई देखाउन सकियो भने विदेशी पर्यटकहरु धेरै आउन सक्छन् । ओझेलमा परेका पर्यटन क्षेत्रहरुको हामीलेनै खोजी गरेर अगाडि लैजानु पर्छ । पर्यटन बोर्ड यस्तो कार्यक्रममा किन छुट्यो ? पर्यटन बोर्डले सगरमाथाको राजस्वमात्रै लिने यस्तो महत्वपूर्ण कार्यक्रममा किन ध्यान नदिएको हो ?

पर्यटकीय क्षेत्रमा बाटो, पानी लगायतका अति आवश्यकीय कुराहरु पुर्याउनु पर्यटन बोर्डको किन चासो गएन । देशको पर्यटन क्षेत्रमा काम गर्ने प्रतिनिधी नदेखेर दु:ख लागेको छ । नेपालमा एक जना विदेशी पर्यटक आयो भने हरेक क्षेत्रमा काम गर्नेहरुको लागि फाईदा हुन्छ । लुकेको ठाउँलाई नेपाल सरकारले देखाउन सक्नु पर्छ, शेर्पाले भने । शेर्पाले सबैभन्दा धेरै २८ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार