महाकुलुङ र माप्य दुधकोशीमा रीड नेपालको लैंगिकता तथा सामाजिक समावेशीकरण कार्याशाला

  खगिन्द्रराज बास्तोला
154 Shares

खगिन्द्रराज बास्तोला । रीड नेपालको आयोजनामा महाकुलुङ तथा माप्य दुधकोशी गाउँपालिकामा लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला तथा शिक्षा क्षेत्र योजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

महाकुलुङ गाउँपालिकामा संचालित कार्यक्रममा लैंगिकता तथा सामाजिक समावेशीकरण र बाल सुरक्षाको विषयमा छलफल गरिएको छ । कार्यक्रममा पालिका भित्रको लैंगिकताको अवस्था लैंगिक विभेद तथा लैंगिक हिँसाको बारेमा पनि छलफल गरिएको थियो । साथै कार्यक्रमममा महाकुलुङ गाउँपालिकाको शिक्षा क्षेत्र योजना माथी छलफल गर्दै रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङलाई शिक्षा क्षेत्र योजना हस्तान्तरण गरिएको छ । पालिकाको शिक्षा योजना रीड नेपालको प्राविधिक सहयोगमा निर्माण भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, नि. प्रमुख प्रशासकीय अधिकृत झमक बहादुर कटुवाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका शाखा प्रमुखहरु विद्यालय व्यवस्थापन समिति तथा प्र अ हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले विकासको महत्त्वपूर्ण पाटो शिक्षा रहेको बताउदै योजना निर्माणले त्यो कुरालाई सहयोग गर्ने बताउनु भयो । रीड नेपालले शिक्षा क्षेत्रमा अतुलनीय सहयोग गरेको भन्दै योजना निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिनु भयो । रीड नेपालले खुम्बु बाहेक सबै स्थानीय तहको शिक्षा योजना निर्माण गरेको छ भने लैंगिकता सम्बन्धी कार्यशाला संचालन गर्दै आइरहेको छ ।

यसैबीच रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा शिक्षा योजना हस्तान्तरण तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रीड नेपालको प्राविधिक सहयोगमा निर्माण भएको शिक्षा क्षेत्र योजनाको ड्राफ्ट रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई हस्तान्तरण गरेका छन् । योजना हस्तान्तरण गर्दै बोगटीले कार्यक्रममा शिक्षा योजनालाई मूर्तरुप दिन आवश्यक तथ्यांक तथा सुचनाहरु छिट्टै उपलब्ध गराइदिन आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरब राई कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु र विद्यालयका प्र.अ.हरुको उपस्थिति रहेको रीड नेपालका शिक्षा विकास अधिकृत विष्णु उपाध्यायले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार