गाउँपालिका अध्यक्षलाई वडा अध्यक्षको चुनौतीः गफ होइन स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर

  सगरमाथा अनलाईन
14.9k Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाको स्वेछाचारी निर्णय र विभेदपूर्ण कार्यको विरोधमा वडा नं. १ को सम्पूर्ण कामकाज ठप्प भएको आज १६ दिन भएको छ । तर, गाउँपालिका अध्यक्षको ढर्का अझै कायमै छ । उनको अहम राजनैतिक प्रतिशोतका कारण वडा नं. १ का जनताहरु सेवाबाट बञ्चित भएका छन् ।

गाउँपालिका अध्यक्ष शेर्पाले आउने कार्यपालिका बैठकबाट वडा नं. १ को जनप्रतिनिधीहरुले उठाएको सम्पूर्ण मागहरु पूरा अभिव्यक्ति दिईरहँदा वडा अध्यक्ष फुनुरु शेर्पाले गाउँपालिका अध्यक्षको स्वेछाचारी निर्णय सार्वजनिक गरेका छन् । वडाको सम्पूर्ण काम किन बन्द गर्नुको कारण यस्तो छ ।

१. २०७९ मा निर्वाचित भई, सपथ ग्रहन, पदवहाली सम्मेत नगरि, चिन सरकारबाट प्रप्त राहत, खाद्यान्न १ नं वडा नेपाली कांग्रेसले विजयी भएको कारण १ नं। का जनप्रतिनिधीलाई थाहा नदिई आफुखुसी वितरण गरिएको ।

२. नौलेख आ।वि। २ जना शिक्षण अनुमति पद प्राप्त स्थानीय निजी शिक्षकलाई विभिन्न बहानाबाजी गरी निश्कासन गरिएको डेड बर्ष विति सक्दा हालसम्म आ।वि। २ जना दरबन्दी शिक्षक बाहेक अन्य निजी दातृनिकायबाट राख्न पटक पटक अनुरोध गर्दा अनुमति नदिई हालसम्म पठनपाठनमा समस्या रहेको ।

३. कार्यपालिका बैठक जहा मनलाग्यो मनोमानी त्यहि राख्ने ।

४. गा।पा। बाट प्रति विरामीलाई उद्धार तथा कडा रोग उपचारचा लागि हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रम रहेतापनि सिमित केहि व्यक्तिलाई फोन गरी वडालाई बिनाजानकारी उडाउने र अन्तिम समयमा सिफारिस गर्न बाध्य गराउने ।

५. २०७९ असारमा संघीय मामिला मन्त्रालय अन्तर्गत वडा अनप्रतिनिधिलाई दिइने महत्वपूर्ण तालिम जानकारी नगराएको ।

६. वडा १ समितिले आफ्नो प्रशासनिक भवन निर्माण गर्न, वडाको आफ्नै जग्गामा निर्माण गर्न सर्वसम्मत निर्णय पारित गरिसकेको गापाले सेवा केन्द्रको पुरानो भवनमा आफूखुशी निर्णय गरेको ।

७. खरिखोला खानेपानी निर्माण गर्न वडाको विना जानकारी, विना डिपीआर, विना सिफारिस, कति बजेटमा बनाएको थाहा नदिई शुरु गर्ने अन्त्यमा वडाको सिफारिस वनाउन दवाव सिर्जना गर्ने । बाध्य गराउने ।

८. अध्यक्षा मिङमाछिरी शेर्पाले सामाजिक सञ्जाल फेसबुक ल्बक गरेको लगभग डेढ वर्ष भैसक्दा, पटक पटक अनब्लग गर्न अनुरोध गर्दा हालसम्म ब्लगनै रहेको ।

९. पैयाँ, थामडाँडा बैकल्पिक पदमार्ग निर्माण पार्टीका सिमित व्यक्तिलाई ठेक्कामा दिएको र साको जानकारी सिफारिस वडालाई नदिएको ।

१०. खरिखोला वडा नं। १ को सिमाना देखि गाउँपालिका केन्द्रसम्म जाने सडकको शिलान्यास कार्यक्रममा वडाको जनप्रतिनिधीलाई जानकारी नगरेको ।

१२. संघिय निर्वाचनको मतदान हुन २ दिन बाँकी हुँदा थामडाँडामा ३२ र ४४ एमएमको पाईप विना जानकारी वितरण गरिएको ।

१३. वडा भित्र निर्माण हुने विभिन्न आयोजना, सडक डिपीआर, स्टमेटको वडामा केहि जानकारी नहुने । प्रत्येक आयोजनाको अन्त्यमा प्रविधिक रिपोर्ट तयार हुँदा प्रविधिकको नाम, पद, मिति स्पष्ट उल्लेख नगरी हस्ताक्षर मात्र गर्ने गरिएको ।

१४. वडा १ मा फरक पार्टि निर्वाचित भएकै कारण शिक्षा तथा मानब स्रोत केन्द्र शैक्षिक योजना तथा बिकास महाशाख, शिक्षा व्यवस्थापन समन्वय शाखाले २०७९ जेठ ३ गते चलानी नं. २५६ अनुसार म्याद समाप्त भएको वि।व्या।स। गठन गर्न भनि पत्राचार भई वडाभित्र रहेका विद्यालय व्यवस्थापन समिति गठन गरिएपनि गाउँपालिकाले २०७९ सायन ३१ गते गठन गरेको ।

१५. नौलेख फाउण्डेशनकाका प्रतिनिधिसंग छलफलका क्रममा अध्यक्ष मिङमाछिरी शेर्पाले फाउण्डेशनको आवश्यकता नपर्ने भनेको ।

१६. २०७९ फाल्गुनमा १ नं. वडा अन्तर्गत प्रदेशबाट छुट्टिएको आयोजना शेर्पा समुदायको भवन उद्घाटन कार्यक्रममा वडाभित्रका जनप्रतिनिको विना उपस्थित र जानकारी गा.पा. अध्यक्षको निर्देशनमा उद्‌घाटन सम्पन्न गरिएको ।

१७. पेमा नामसिङ गुम्बा गा।पा।को करिब ७५ लाख रुपैया साझेदारीमा बजेट विनियोजन गरी सम्पन्न भई सक्दा वडालाई जानकारी नगराई फरफराक, सम्झौताको सिफारिस एकै पटक दिन स्थानीयलाई उक्साई पटक पटक वडा कार्यालय पठाउने, अन्त्यमा वडामा कुनै जानकारी नभै फस्र्योट गर्ने गरिएको ।

१८. नामडोलिङ गुम्बा निर्माण गर्न गा।पा।को ६५ लाख बजेट विनियोजन गरिएपनि वडालाई आधिकारिक पत्र नपठाई अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा उद्घाटन सम्पन्न गराएको ।

१९. वडाभित्र वडाले निर्णय गरी प्राथमिकतामा परेका आयोजना कटाउने र गा।पा।को मनोमानी केहि सिमित व्यक्तिको अनुरोधमा योजनाहरु दिने गरिएको ।

२०. वि.सं. २०८० जेठ २६ गते भएको कार्यपालिका बैठकमा मेरो अनुपस्थितिमा मेरो हस्ताक्षर गरी निर्णय पारित गरिएकाले मेरो हस्ताक्षर समेत दुरुपयोग भएको ।

२१. वि.सं. २०८० कात्तिक २२ गते कार्यपालिका बैठकमा २०८० असोज २२ गते अघिल्लो बैठकको निर्णय गर्नुपर्ने, सडकको म्याद थप गर्नका लागि भनि उपस्थितिमा मात्र हस्ताक्षर गर्न लगाई निर्णय सार्वजनिक नगरेको, निर्णय जे भएपनि हेर्न नपाई कार्यान्वयन नगर्न प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गरिएको ।

२२. गा।पा।को विभिन्न विषयगत समिति गठन भएतापनि विषयगत समितिबाट कुनै छलफल नगर्ने, आर्थिक समितिमा रहेतापनि विस्तृत रुपमा आय व्यय अध्ययन गर्न नपाई छलफल नगरी हस्ताक्षर गर्न बाध्य बनाई लेखापरिक्षण सम्मेत थाहा नदिई गराउने ।

२३. निर्वाचित भई हालसम्म आय व्यय आधिकारिक रुपमा प्रिन्ट हेर्न, अध्ययन गर्न नपाएकाले लेखापरीक्षण सम्बन्धी कुनै जानकारी छलफल नहुने ।

२४. विविधामा ५० लाख छुट्ट्याउने कार्यालयको विभिन्न शीर्षकमा खर्च विनियोजन गरेता पनि त्यसको विषयमा वडा प्रतिनिधी तथा कार्यपालिकालाई आधिकारिक जानकारी नहुने ।

२५. खरिखोला खानेपानीमा विनियोजित ३५ लाख मध्येबाट ३ वर्ष बितीसक्दा हालसम्म फस्र्योट गर्न नसक्नु, सामान खिया लागेर काम नलाग्ने अवस्था हुँदा समेत वेवास्ता भएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार