यस कारण मैले जसपा त्यागेः केन्द्रीय सदस्य ढाक्रे

  सगरमाथा अनलाईन
4.8k Shares

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेले पार्टी परित्याग गरेका छन् । जसपाका नेतालाई सम्बोधन गर्दै लेखिएको अपिलमा ढाक्रेले पार्टी भित्रको आन्तरिक किचलो र अवसरबादको चरम सीमाले देश र जनतालाई जाकटीमा राखेर राजनीतिक सौदाबाजी गरेको आरोप लगाएका छन् ।

केन्द्रीय सदस्य ढाक्रेले किन जसपा त्यागे ? पहिचान र संघीयतामा अडिग भएको पार्टीभित्र त्यस्तो के भयो ? के जसपा पार्टीभित्र पनि चरम उत्पिडनमा परेका नेताहरु छन् ? केन्द्रीय सदस्य ढाक्रेले यी र यस्तै प्रश्नको जवाफ सहित एक अपिल गरेका छन् । उनको अपिल जस्ताको त्यस्तै ।

सम्बन्धित सबैमा हार्दिक अपील

सर्बप्रथम जसपा अध्यक्ष लगायत मन्त्रीपद प्राप्त गर्नुहुने सबैलाइ हार्दिक बधाइ छ। तर मैले अपील गर्नु पर्ने बिषय अर्कै रहेको छ त्यो हो अब सबैले जसपा परित्याग गरि अर्को राष्ट्रबादी र पहिचानबादी साचै भुइमान्छेहरुको शक्ति निर्माण अभियानमा जुटौ भन्ने बिषय हो। किनभने शास्त्रमा पनि कुनै बिरुवाले १२ बर्षमा पनि कुनै फल दिएन भने त्यसलाइ उखेलेर अर्को बिरुवा रोप्नु पर्छ भनेर व्याख्या गरिएको छ। ससपादेखी जसपासम्म आउदा ११ बर्ष बितिसकेछ। यस दौरानमा केहिले सासद मन्त्री भएर धोती र पेटिकोट फेरे होलान अरु त केही भएको छैन। मुद्धा जसताको तसतै छ। पार्टीका कार्यकर्ताहरु दुखको भवसागर मै छन। देशलाइ त्राण दिने एउटा सानो रेखापनी कोर्ने कोसिस भएको देखिएको छैन। मन्त्री भएर जानेहरु आफ्नो भत्ता र कहाँ कमिसन मिल्छ, त्यसको मात्रै खोजी गरेको देखिन्छ र देश र जनतालाइ जाकटीमा राखेर जहिलेपनी राजनितिक सौदाबाजी गरेको मात्रै ११ बर्षको अनुभव बटुलिएको छ। यस सन्दर्भमा पार्टीका ठुला भनाउदा नेताहरुले के-के गर्नु भयो बुदागत रुपमा प्रस्तुत गरेर मेरो आफ्नो कुरा सम्बन्धित सबैमा राख्न चाहान्छु।

१) उपेन्द्र यादप जीलाइ कुनै राष्ट्रिय नेता हुन पनि छैन। उहामा कुनै राष्ट्रिय नेता हुने योग्यता पनि छैन। पार्टी कसरी सन्चालन गर्ने भन्ने ज्ञान पनि छैन र पार्टीका क्याडरसहरुलाइ कसरी ब्याबस्थापन गर्ने भन्ने कुराको मतलव पनि राखेको देखिदैन। एउटै उहाको मधेस जनबिद्रोह गरेर प्राप्त गरेको प्रमाणपत्र (मधेसका मसिह) भन्ने थियो त्यसको प्रतिफल पटक-पटक मन्त्री भएर खाइ सक्नु भएको छ अझै त्यो प्रमाणपत्रको मूल्य बढ्छ कि भन्ने आशामा हुनु हुन्छ तर त्यसको मुल्या अब अबमुल्यन भैसकेको छ।

२) धेरै चरणको पार्टी एकता पछि पार्टीलाई नया धारमा निर्माण गर्ने र हिजो पृथ्वीनारायण शाहको कालमा एकीकरणको नाममा हस्तक्षेप गरि उत्पिडनमा पारिएका राष्ट्रियताहरुलाइ कम्तिमा प्रदेशको नामाकरण गरि ती समुदायहरुको शिर उठाउने वा माङ्गेना गर्ने भनेर शुरु गरिएको पार्टी अभियनमा सम्पन्न भएको बिधान अधिबेशनबाट उहाले तुसारापात गर्नु भयो र मोरङ, झापा र सुनसरी जिल्लालाइ उहाले मधेस प्रदेशमा प्रस्तवमा राख्नु भयो। हामिले प्रश्न उठायौ तर उहाले कार्यकारिणी समितिमा लगेर पास गरेर ल्याउनु भयो। यस बिषयमा अशोक राई र रकम चेमजोङले बोल्नु पर्ने थियो, उहाहरु पनि बोल्नु भएन बरु आजसम्म उपेन्द्र यादप जीकै मतियार भएर बस्नु भएको छ सायद मन्त्री पद पाइन्न भन्ने डरले हुन सक्छ। उपेन्द्र यादप जीलाइ इतिहासको ज्ञान पनि रहेन छ क्यारे, आज जुन मधेस प्रदेश बनाइएको छ त्यो इतिहासकालमा त्यो बिदेह सभ्यता थियो र त्यो किरात सभ्यता अन्तरगत थियो। उहाले अहिलेपनी एक मधेस र एक प्रदेसको अबधारणा जिवितै राखेको देखिन्छ।

३) हाम्रो पनि सानोतिनो भरथेगले उहाले मधेस प्रदेश बनाउन त सफल हुनु भयो र एक मात्र प्रदेश पहिचानको नाममा नामाकरण गर्न सफल भएको छ तर त्यहा पनि चरम रुपमा भ्रष्टाचार छ भनेर जसपाको एउटा राजनितिक समितिको बैठकमा उहाको पबित्र मुखरबिन्दुबाट बैठकमै रिपोर्टिङ गर्नु भएको थियो। उहाले नै मुख्यमन्त्री बनाउनु भएका महान मधेसी नेताहरु नै हुन। उहाकै चेला चपेटा हुन। उहाले कसतो राजनितिक सस्कार सिक्नु भयो र चेलाहरुलाइ के सिकाउनु भयो बल्लबल्ल प्राप्त भएको पहिचान युक्त प्रदेसमा नमुना काम गरेर देशकै आकर्षण खिज्नु पर्नेमा मन्दिरमा, मस्जिदमा, गुरुद्वारमा पैसा खनाइएको छ। छात्राहरुलाइ साइकल किनिदिदाको भ्रष्टाचार सतह मै आउने गरि छानबिन हुन थालेको छ। हुदाहुदा अस्ति एउटा कार्यक्रममा त आफैले सङ्घियता फेल भयो भनेर बोल्नु भयो। यस भन्दा अगाडीसम्म सङ्घियताको जनक मै हु भन्नू हुन्थ्यो।

४) गएको निर्वाचनमा जानू अघि जसपाले एमाले भनेको प्रतिगमणकारी पार्टी हो भनेर आफ्नो दास्ताबेजमा दास्ताबेजिकरण गरेको थियो त्यो दास्ताबेजलाइ नसुधारिकन नै एमालेसङ्ग तालमेल गर्न पुगे, त्यसको परिणाम सप्तरिमा चुनाव उहाँ आफै हार्नु भयो र ससदिय दलको नेतामा उहाको पिठ्ठु रामसहाय यादपलाइ बनाउनु भयो। जतिसुकै नालायक भएपनी त्यो पद अशोक राइलाइ दिनु पर्ने थियो। यसतो घटना भनेको राजनितिमा पदलोलुप्ता र राजनितिकको अपरिपक्वताको प्रमाण हो।

५) उहाँ राजनीज्ञ भन्दा राजनितिक सौदागर हो। सङ्गठनमा कसले कति राम्रो काम गर्यो भन्ने केही मतलव छैन। कसैले उहालाइ पैसा दियो भने पार्टीमा दिनरात खटेको मान्छे भन्दा अगाडि अरुलाइ पद दिई हाल्नु हुन्छ। पार्टीमा बिदेश बिभाग त छ तर उहाले जसले पैसा दिन्छ उसैलाइ राजदुत बनाउनु हुन्छ। राजदुत बन्ने मान्छेको बारेमा कुट्नितिक हैसियत कति छ। देशको बारेमा कति आर्टिकल लेखेका छन। त्यसको बारेमा बिदेश बिभागको परामर्श पनि उहालाइ चाहिदैन। बस उहालाइ मुद्रालाभ हुनु पर्यो, अरु केही चाहिदैन।

६) उहाँ सस्कार बिहिन र बौद्धिकता बिहिन पनि र असभ्य पनि हो। बौद्धिकता बिहिन भनेको मान्छेले एमए पास गर्दैमा त्यो बौद्धिकता हुदैन। उसले अरुसङ्ग कुन लेबलमा बसेर बार्तालाव गर्छ र ब्याबहार गर्छ, त्यसैले निर्धारण गर्दछ। संविधान घोषणा भएपछी संविधानले आदिबासी/जनजाती, मधेसी, शिल्पी/दलित र सारा उत्पीडित समुदायलाइ समेटेन भनेर पार्टीले मधेस आन्दोलन गर्ने निर्णय गर्यो र छ महिना आन्दोलन गर्यो। त्यो आन्दोलन कै क्रममा केपि ओलिसङ्ग दुइबुदे सम्झौता भयो। सम्झौताको १) मा आबश्यक्त अनुसार संविधान संसोधन गर्ने र जसपा नेपाल सरकारमा सामेल हुने। त्यसपछी उहाँ स्वास्थ्य मन्त्री हुनु भयो। त्यसबेला विभिन्न आयोगहरु खाली थिए र सङ्गीत तथा नाट्यप्रतिस्ठान पनि खाली थियो। राजकुमार राई जी आदिबासी आयोगमा र म सङ्गीत तथा नाट्य प्रतिठानमा कुरा गर्ने भनेर आ-आफ्नो ब्याक्तिगत विवरण लिएर गएका थियौ। र मैले लेखेको किताब पनि मैले उहालाइ दिदै मैले भने अध्यक्ष जी सङ्गीत तथा नाट्य प्रतिस्ठान खाली भएछ, मेरो लागि कुरा गर्नु होला भनेको थिए। त्यो शब्द सुन्ने बितिकै उहाले भन्नू भयो, त्यो कम्युनिस्टहरुसङ्ग कुरा गर्नु पर्छ भनेर भन्नू भयो। उहाँ आफै केपि ओलिको उपप्रधानमन्त्री हुनु हुन्थ्यो। भनेपछी सुसस्कृत मान्छेको मुखबाट यो शब्द भनेको आउँछ भन्ने मलाइ लागदैन। जब कि २०६८ सालमै नेपाल सरकारले मलाइ सङ्गीत तथा नाट्य बिद्यामा प्रतिभा पुरषकारबाट पुरस्कृत गरि सकेको थियो। पार्टीमा पनि मेरै शब्द, मेरै सङ्गीत र स्वरका पार्टी गीतहरु चर्चामा थिए र अझै पनि छन। अर्को गत निर्वाचनमा लाक्पा शेर्पा सोलु र डा. केके राइ खोटाङलाइ चुनाव खर्च १०/१० लाख पठाउनु भएछ। म ओखलढुंगाबाट संघमा लडेको थिए मलाइ ९० हजार पठाउनु भएको थियो। जब बिना तालमेल ओखलढुंगामा एउटा गाउपालिका अध्यक्ष जितेको थियो। सोलुमा गिरो र खोटाङमा तालमेलामा एउटा गाउपालिका उपाध्यक्ष मात्रै जितेको थियो। किन त्यसो उहाले गरेको होला भन्दा लाक्पा शेर्पा र डा.केके राई उहाको चाकडी गर्न पुगे म निति र प्रकृया अनुसार हुनु पर्छ भन्ने मान्छे हो त्यसैले उनिहरु उहाको प्यारो भए। जबकी उनिहरु दुई जना मध्ये म धेरै नै पार्टीमा सिनियर पनि थिए। त्यसैले उहाँ सस्कृती बिहिन र उहाँ असभ्य मान्छे पनि हो। अरुको मुल्यांकन गर्न नचाहने, एकदमै ब्याक्तीबादी र आफ्नो मात्रै बिकास समृद्धि चाहाने ब्याक्ती हो।

७) अर्को कुरा पहाडी र हिमाली जनता अथवा आदिबासी लगायतका मानिसहरुले मधेसिलाइ राष्ट्रिय नेता मान्न पनि तयार पनि देखिएनन। यो बिडम्बना भनौ कि मधेसी चरित्रसङ्ग समायोजन नभएको भनौ कि के भनौ। २०७० सालमा बिना सङ्गठन, बिना अनुभव, बिना श्रोत र साधन र नेतृत्वाको कायरतापुर्ण निर्वाचन लढ्दा पनि समाणुपातिक मत १लाख ३० हजार थियो तर ससफो बनाएपछी।जम्मा २५ हजार मत प्राप्त भयो पहाड र हिमालमा। यसको सन्देश भनेको तिमिहरुले पार्टी मधेसिलाइ बुझायौ भन्ने नै हो।

८) उपेन्द्र यादप जीको चाहाना पार्टी फूलोस फलोस भन्ने चाहाना पनि छैन र उहाले पार्टीका साथिहरुको बृतिबिकास होस भन्ने पनि छैन। जो-जो सौदाबाजिमा प्रयोग गर्न सकिन्छ। बचुन्जेल प्रयोग गर्ने, मोजमस्ती गर्ने, उत्तराधिकारी पनि नबनाउने, यस पटकसम्म हिसाब गर्दा उहा तीन चोटि उपप्रधानमन्त्री भएको गणना पुग्छ। अब प्रधानमन्त्री त सुर्यनारायण नै आएर सीरमा बसे त के भान्नु छ र नत्र उहाँले अब मुख्यमन्त्री पनि खाने हो र केही भएन भने मेयर पनि खाने हो। आफुसङ्गै पार्टी पनि स्वर्गमा लाने हो।

९) उपेन्द्र यादप जीले बिधान अधिनेशनमा केन्द्रीय समिती १५१ जना रहने प्रस्ताब ल्याउनु भयो बहुमत प्रतिनिधिहरुको २५१ राख्नु पर्छ भन्ने सुझाव थियो तर उहाले अन्तिमा पनि यहि जबरजसती कार्यकारिणी समितिमा पास गरेर ल्याउनु भयो। पहिचान र समानुपातिकको ध्येय राख्ने पार्टीले २५१ ठिक सङ्ख्या मान्न सकिन्थ्यो तर उहाको योजना फाल्टै छ। माहादिबेशनमा १५१ मध्ये २/३ मधेसिबाट केन्द्रीय सदस्यहरु बनाउने र आफुले दुइतिहाइ होल्ड गरेर राख्ने। अहिले प्रचण्डको एउटा अभेद्धे कवच छ, त्यो हो ´समाजबादी मोर्चा`। यसले देश र जनताको लागि त केही गर्दैन तर प्रचण्डलाइ प्रधानमन्त्री बनाउने कवचको काम गरि रहन्छ। यसले कहिले काङ्ग्रेसलाई तर्साउछ र कहिले एमालेलाइ। अब उपेन्द्र यादप जीलाइ एक्लै गरि खान सकिँदन भन्ने परि सक्यो। उहाँ प्रचण्ड कै बिद्यार्थि हो उसैको सिको गरि राख्नु भएको छ। पछि पार्टीमा यहि २/३ तिहाइले वा बहुमतले पास गरेर प्रचण्डसङ्गै उनकै पार्टीमा पार्टी बिलय गराएर त्यहि बस्ने उहाको योजना छ। त्यसैले २५१ सदस्यीय बनाउन पर्दछ भन्द मान्नु भएन। २५१ सदस्यीय भयो भने पहाड हिमालबाट बहुमत हुन्छ र मेरो खेलो बिग्रीन्छ भन्ने उहालाइ डर थियो।

अब केही कुराहरु अशोक राइको बारेमा बुदागत रुपमा राख्न चाहान्छु।

१) उहाको चरित्रले कुनै नेतृत्व गर्न सक्ने ब्याक्तित्वको रुपमा उहाले खेलेको कुनै भूमिकाले प्रमाणित गर्दैन। अङ्ग्रेजिमा एउटा भनाइ छ By mistake भन्ने। त्यसतै उहाँ by mistake मात्रै नेता कहलिनु भएको हो। उहामा कुनै नेतृत्व गर्ने क्षमता, निर्णय गर्ने क्षमता र पार्टीका सदस्यहरुलाइ ब्याबस्थापन गर्ने क्षमता देखिएन। यहि कुरा बितेको ११ बर्षले प्रमाणित गरेको छ। जहाँसम्म उहाँ धेरै पटक मन्त्री हुनु भयो भन्ने कुरा छ। एमालेलाइ एउटा किरातको अनुहार देखाउनु थियो, किनभने यो देशमा ३२ पुस्तासम्म राज्य किरातहरुले गरेको इहिहास छदै थियो, यो कुरा जति छोप्न खिजेपनी छोपिदैन र त्यसलाइ अशोक राई जीको अनुहार देखएर राजनितिक सोझो गर्न एमालेले मन्त्री बनाएको भन्ने कुरा अब धेरै व्याख्या गर्न पर्दैन। अर्को कुरा उहाँ मदन भन्डारीले लेखेको पत्र बोकेर हुलाकिको काम गरेर पन्चायत कालमा नेता बनाइएका हुन भन्ने आज प्रामाणित भएको छ, उहाँ कुनै भिजनले नेता भएको मान्छे होइन रहेछ। पहिचानको नेताको कुरा गर्दा उहाले एमालेलाइ घुर्क्याउदा केही पाइन्छ कि भन्ने सोचेर आवाज उठाउनु भयो तर उहालाइ उल्क्याउनेहरुले यति धेरै पर पुर्याइ दिएकी उहाँ एमालेमा फर्केर जाने स्थान रहेन। त्यसैले उहाको नेतृत्वमा ससपा गठन भयो। त्यसको पनि कारण के छ भने एमालेले उपाध्यक्ष त बनायो तर जिम्मेवारी अशोक राइलाइ दिएन बरु उहाँ भन्द कनिष्ठ योगेश भट्टराइलाइ पार्टीको जिम्मेवारी दिन थालेपछी उहालाइ अलिकती नाक दुखेको देखिन्छ र उहाको पद देखाउने उपाध्यक्ष मात्रै बनाएकोले उहामा आक्रोश थियो तर कुनै उहामा पहिचानको आकर्षण थिएन। बाध्य भएर यो मुद्धा उठाउन परेको हो भन्ने कुरामा ११ बर्षमा उहाले दिएको लोते अभिव्यक्ति, कार्यकर्तासङ्ग गरेको रुखो ब्याबहारले प्रामाणित हुन्छ। उहाले गरेको भाषण असल ज्वाइले ससुरालमा सासू र ससुरासङ्ग गरेको वार्तालाभ जसतो मात्रै हुन्छ, अनि कहाको जनताले पत्त्याउनु र पार्टी ठूलो हुनु, उहाले पार्टी लगेर उपेन्द्रको पोल्टामा राखी दिनु भयो र उपेन्द्रासङ्ग थापेर मन्त्री सन्त्री खानु भयो। त्यसमा पनि देश र जनताले देख्ने गरि काम गरे त हुन्थ्यो तर काम गर्न गाह्रो छ भन्दै श्रीमतीमार्फत कमिसन लिदै पैसा कमाउने बाहेक त केही काम गरेको प्रमाणित हुदैन। त्यसमा पनि उहाँ आफै निजि स्कुलका अध्यक्ष र नेपाल सरकारको शिक्षा मन्त्री के गर्नु भयो सबैमा छर्लङ्गै छ।

२) ससपा गठन गर्ने बेलामा धेरै छलफल भए। उहाले एमाले परित्याग गर्नेहरुबाट मात्रै पार्टी गठन गरौ कि भनेर उहाले जिल्लाका मानिसहरुसङ्ग परामर्श गर्नु भयो तर जिल्लाका मानिसहरुले त्यसरी मात्रै पार्टी चल्दैन। काङ्ग्रेस इतरका मानिसहरु पनि चाहिन्छ भनेर राय दिएपाछी मेरो पछडी पार्टी निर्माणमा जुद्ध ढाक्रेको पनि सम्लग्नता आबस्यक्त छ भनेर मेरो पछाडी नवराज गुरुङलाइ लगाउनु भएको थियो। पार्टी निर्माणपछि उहाँ दुई पटक सासद र एक पटक मन्त्री हुनु भयो तर के कसतो छ भनेर कहिले सोधेको छैन। म चाकडिबाज होइन। कहिले काहीँ आकल-झुकल भेट भयो भने कुरा गर्न नपरे हुन्थ्यो भन्ने मनसाय सजिलै बुझिन्छ।

३) गएको निर्वाचनमा उहाले एमालेको तालमेलमा जितेर आएपछी युबराज कार्कीलाई आफ्नो श्रीमतिको सट्टामा सासद बनाउने सिफारिस गर्नु पर्नेमा आफ्नै श्रीमतिलाई बनाउनु भयो। अब पार्टीको नीति छ समानुपातिक समाबेशी तर श्रीमान र श्रीमती दुवै सासद यो त काङ्ग्रेस र एमाले भन्दा कुनै फरक भएन। संसारले हेर्दा पनि लाज लाग्दो र घिन लाग्दो देखिन्छ।

४) उहाले अघिल्लो चुनाव पनि काङ्ग्रेससङ्गको तालमेलमा धरान बाटै लढ्नु भएको थियो। उहाँ निर्वाचन हारेर पनि धरानमा जग्गा किन्नु भएको छ, हामी निर्वाचन लढेर ऋणमा डुबेका छौ र कहिले उक्सिने थाहा छैन। उहाले यस पटको निर्वाचनपछि पनि काठमाडौमा जग्गा किन्नु भएको छ भन्ने खबर छ।
५) उहालाइ उहाको घरमा भेट्न जादापनी उहासङ्ग कुरा गर्न नपाइकन नै उहाको श्रीमतिले कहिले साहाना प्रधानको जीवनिको किताब, कहिले कुनसाङ काकाको अन्तर्वार्ताको किताब र कहिले शब्दान्जली किताब भिडाउछन। उहाँ मख्ख परेर मेरो श्रीमती व्यापार पनि गर्छन भन्दै मुस्कुराउनु हुन्छ। उहालाइ कुनै ख्याल छैन। कार्यकर्ताहरुसङ्ग बस भाडा छ कि छैन। उहाँ किरात सस्कृती र परम्पाराबाट पुरै टाडिएको प्रामाणित हुन्छ। किनभने उहाले किराँती नै बिबहा गरेको भए उहाको श्रीमतीले किताब भिडाउनको सट्टामा कार्यकर्ताहरुलाइ तिमिहरुले खान खाएका छौ कि छैनौ भनेर सोध्थे होलान। अहिलेको समस्ययुक्त जीवनमा सयौ हजारौ समस्य झेलेर पार्टीको काम गर्ने पार्टीका सद्स्यहरुलाइ ताइनातुइको किताब भिडाउन अलिकती सरम पनि लाग्न पर्ने हो र अशोक राई जीले पनि यसो नगर भनेर श्रीमतिलाइ भन्नू पर्ने हो। उहाले शदान्जाली लेखेपछी उहामा बिचार शून्य पनि रहेछ भन्ने प्रमाणित भएको छ, नत्र उहाले नया बिचार लेख्ने पर्ने हो, त्यसले पार्टी र कार्यकर्तालाइ उर्जा दिने थियो, उहाले वाइयात अरुको बायोडेटा लेखेर फेरि पनि व्यापार नै गरेको देखियो।

६) नैतिक्ताको कसिमा पनि उहाको धरातल धेरै नै कमजोर देखिएको छ। उहाँ अध्यक्ष भएको निजि बिधालय स्वप्न बाटिका भएको जुन भवन रहेको छ सायत उहाको श्रीमतीको नाममा रहेको हुन सक्छ, त्यसमा तीन कित्ता सार्वजनिक बाटो मिचेर बनाएको कुरा प्राइम टेलिभिजन लगायत धेरै मिडियाहरुले सार्वजनिक गरि सकेका छन। तर आजसम्म त्यस बारे अशोक राइले चु पनि बोल्नु भएको छैन। सुन्नमा आएको छ, पहिला एमाले हुदाको ताका अशोक राई लगायत तीन जना एमाले नेताहरुको श्रीमतिको नाममा त्यो स्वप्न बाटिका भन्ने निजि बिधालय थियो तर शैक्षिक प्रमाणपत्र उहाको श्रीमतीको मात्रै भएकोले उनको नाममा शिक्षा शाखाले पास गर्यो र दुई जना एमालेका नेताहरुको श्रीमतीको लगानी गरेको पैसा पनि फिर्ता पाएका छैनन भन्ने केही देखिजान्ने र सुनीजान्नेहरुबाट जानकारी प्राप्त भएको छ। यसता आफुलाइ उच्च नैतिक भएको भनेर ढोगी देखाउने मान्छेको नेतृत्वमा पार्टी कसरी चल्छ र कार्यकर्ताको उच्च नैतिक्ता कसरी झल्किन्छ, बिचरनिय छ।

७) ससपा पार्टी चलाउदा पनि आर्थिक रुपमा आङ्डेन्डी शेर्पा र सुनिल राई लगायतका ब्याक्तिहरुको लगानि र लेबिले नै पार्टी चलेको हो। उनिहरुको मुल्यांकन अशोक राई जीले गर्नु भएको छ कि छैन मलाइ थाह हुने कुरो भएन तर म यति चाहिँ ठोकुवा गर्न सक्छु उहाँले आफुले खान पायो भने अरुको मुल्यांकन गर्ने मान्छे चाहिँ लागेको छैन। मार्क्सवादीहरु ब्याक्तिगत सम्पती सिद्धान्तले नै राख्न दिदैन भन्छन। उहाँ गहिरो मार्क्सवाद अध्ययन गरेको ब्याक्तीको रुपमा चिनिनु हुन्छ तर उहाको सम्पती एकतृत गर्ने हो भने अरबौ हुने स्थिती छ। कार्यकर्ताहरु पार्टी उदेश्यको निम्ति, देश र जनताको हितको निम्ति भनेर सडक छाप भएर भोकभोकै हिडि राखेका छन। मन्त्री भएको बखत समेत पार्टी कार्यकर्ताहरुलाइ उहाले चियाखाजा खान बोलाउन भएको रेकर्ड छैन। उहाकै सम्पती अरबौको, उहाँ नै सासद र मन्त्री, उहाँ मात्रै नभएर उहाको श्रीमती सासद भएपछी त उहाको लागि समुन्नत समाजबाद आइ सक्यो। उहाको पछि लाग्ने माहानुभावहरुले सोच्नु पर्ने होकि! सुनिदैछ, अब मत लेखेर बस्छु, उमेरले नि साथ दिदैन भन्नू हुन्छ रे। उहाको त पुन्य प्राप्त भयो लेख्नु हुन्छ। पहिचान र समृद्धि दिलाइ दिन्छु भनेर उहाका पछि लागेका हजारौ मान्छेहरुको चाहिँ भबिस्य के हुन्छ? अझै आशा गरेर नजिक बस्नेहरुले सोध्नु होला।

८) उहाँ हेर्दा एकदम हिस्सी परेको सुन्दर मान्छे तर उहाँ भन्दा कम्टी मान्छे, किरातकूलको भएर पनि अरु मान्छे देखेको छैन। उहाँ नेता मानिएर पनि एउटा नीति बनाएर त्यस नितिले जजस्लाइ समेट्छ, त्यस-त्यसलाइ पदोन्नती गर्न पर्नेमा उहाले नजाने झै गरि सिफारिस गर्ने मान्छे भनेको, उहाको आफ्नै श्रीमतिको, रमेश राइ र भिमराइ लगायतका केही मान्छेहरुको सिफारिस गर्नु हुन्छ। उहाले कादैमा बोकेर सिफारिस गरेको मध्ये हेमराज राई, भुराज राई र भुपेन्द्र नेम्बाङहरु पार्टी परित्याग गरि सकेका छन। उहाले जुन ब्याक्तिहरुलाइ साम,दाम, दन्ड र भेद गरेर काध हाल्नु भएको थियो र पछि पार्टी त्यागे र पार्टीलाई क्षती पुर्याए। त्यसमा त अशोक राई जीले क्षमा पनि माङ्न पर्ने थियो तर उहाबाट यसतो उच्च स्तरको सस्कारको अपेक्षा गर्न सकिँदन, किनभने उहाले हामिलाइ त गल्लिको सामान्य मान्छे जति पनि मान्नु भएको छैन।

९) अशोक राई जीको बारेमा एमालेमा पनि एउटा कहावत थियो र अहिले पनि छ, त्यो केहो भने अशोक राई चाहिँ टाडाबाट हेर्दा हिमाल जसतै सुन्दर चम्किलो देखिने जसरी हिमाल टाडाबाटा हेर्दा राम्रो देखिन्छ तर झन नजिक गयो, झन चिसो, झन नजिक गयो झन चिसो, अति नजिक गयो भने ज्यानै चिसो बनाइ दिने खाल्को मान्छे भन्थे। यो भनाइ ११ बर्षको भोगाइमा सत्य साबित भएको छ। मेरो आफ्नो अनिभव त धेरै नै छन। त्यसको अर्को प्रमाणको निम्ति ससपा हुदाको ताका पुर्ण बस्नेत र जीवन रानाथारु दुवै दङ्गाली हुन। तिनिहरुलाइ सङ्गठन गर्न अशोक राई जीले कालिकोट पठाउनु भयो आफ्नै खर्चले त्यहा गएर आए। त्यहा पुगेर जिल्ला अध्यक्ष हुन तयार दुई जना मान्छे भए। एक युबा र अर्को बृद्ध। पार्टीको हितको निम्ति युबा ठिक थिए तर जीवन रानाथारुले मानेनन। त्यसको कारण थियो ती थारुराना प्रोफाइलको लागि मात्रै पार्टीमा आएका थिए। पछि निर्वाचन हुदा बिजय गच्छदारबाट ८ लाख लिएर समानुपातिक उमेदवार तयार गरे, त्यसैले रहेछ ती कालिकोटका युबालाइ अध्यक्ष बनाउन नमानेका। ती थारुराना माओवादी स्कुलिङका थिए र पार्टीमा अशोक राइको मार्फत आएका थिए र पुर्ण बस्नेत मेरो मार्फत पार्टी आएका हुन। शैक्षिक योग्यता हिसाबले, पुर्ण बस्नेतको अङ्ग्रेजी साहित्य र समाज शास्त्रमा बिए र जीवन थारुरानाको जम्मा कक्षा ६ (छ) तर कहिले अशोक राइले पुर्ण बस्नेतलाइ महत्व दिनु भएन। जहिले पनि जीवन थारुरानालाइ कमण्डर भनेर हौसाउनु हुन्थ्यो। पछि ती थारुरानालाइ पार्टीले कार्बाही गर्यो।कारबाही गर्नमा पनि उहाको दिलचस्पी थिएन। पुर्ण बस्नेतले पछि अशोक राइको श्रीमतिको अनुरोधमा अशोक राइकै निजि बिधालयमा स्वप्न बाटिकामा अङ्ग्रेजी बिषय तीन बर्ष पढाए तर उसलाइ कहिले उसको क्षमाताको कदर अशोक राइले गर्नु भएन।

राजेन्द्र श्रेष्ठ जीको बारेमा केही बुदाहरु छन;

१) उहाँ ११ बर्षसम्म सबै भन्दा बढी समानुपातिक समबेशिको वकालत गर्नु हुन्थ्यो तर पार्टीमा कसैलाइ प्रोमोसन वा मौका दिनु पर्यो भने नेवार वा उहाको चाकडी गर्ने बाहेक उहाको आखाले देख्दैन थियो। उहाँ मन्त्री भएको बेला काठमाडौ र ललितपुरको दुवै जिल्लाको भूमी आयोगको अध्यक्ष बनाउनु भयो। आजसम्म उहाले उपत्याकामा वडा सद्स्य पनि जिताउनु सक्नु भएको छैन तर उहाँ महान नेता हुनु हुन्छ। मन्त्री भएर चुनाव लड्दा पनि उहाको जमाना जफत भयो। स्थानिय निर्वाचनमा काङ्ग्रेससङ्गको तालमेलमा किर्तिपुर नगरपालिकामा उपमेयर जितेको थियो त्यो पनि रुख चिन्हमा त्यो त पार्टीको हिसाबमा रहेन। उपत्यका बाहिर पनि भूमी आयोगको सदस्यहरु बनाउदा नेवार नै खोजी गरेर राख्नु भएको कुरा साथिहरुले सुनाउथे। राजेन्द्र श्रेष्ठ जीलाइ उपत्यका बाहिर पनि मान्छे बस्छन र पार्टीका नेताकार्य्कर्ताहरु हुन्छन भन्ने बिस्वास लाग्दैन।

२) कहि कहि सुन्नमा आउँछ ४०% प्रतिसत ससद र केसमा पुरयाएर राजेन्द्र जीको नेतृत्वमा पार्टी फुटाउने रे भन्ने समचार सुत्रको भनाइ छ। यो मर्दापन र बिरताको कुरा राजेन्द्र जीले गरेको देख्ने इच्छा मेरो पनि रहेको छ। तर कसरी उहाले यो कामलाइ पार लगाउनु होला भन्ने सोचमा पनि परेको छु किनभने उहाले आफ्नो चाटुकार भन्द अरुलाइ देख्नै चाहानु हुन्न। तर उहालाइ यश कार्यको लागि हार्दिक सुभकामना छ।

अर्को महान नेता रकम चेमजोङ जीको बारेमा लेखेन भने अन्यय हुन जान्छ। उहाको बारेमा केही बुदाहरु छन;

१) उहाँ ससपादेखी जसपासम्म पार्टीको माथिल्लो ओहदामा रहेको मध्ये निर्वाचन लढ्न हिम्मत गर्ने पहिलो लहरको ब्याक्ती हुनु हुन्छ। गएको निर्वाचनमा चाहिँ आफै कार्यदलमा रहेर उहाँ आफै बिना तालमेलको सिट लढ्नु पर्यो यो उहाकै कुटनितिक फेलर हो भन्नू पर्ने हुन्छ। उहाको पार्टी कार्यकर्ता र समाज हेर्ने दृष्टिकोण एकदमै सागुरो छ। उहाँ सुबाङ्गी पाएको सन्तान भएकोले होला, उसतै मान्छेले नमस्कार गर्यो भने उहाले नमस्कार पनि फर्काउनु हुन्न।
२) प्रदेश नम्बर १ मा उहाले दुई पटक समानुपातिक सासदको अन्तिम सिफारिस गर्ने मौका पाउनु भयो। दुवै पटक उहाले लिम्बुलाइ बाहेक अरुलाइ गर्नु भएन। र अब मौका पाउनु कि हुदैन पाउनु भयो भने फेरि पनि अरुलाइ गर्नु हुन्न। समानुपातिक एक पटक खाएपछी त प्रत्येक्ष निर्वाचन लढ्नु पर्ने तर कसैले पनि हिम्मत गरेको देखिदैन। आफ्नो जातिलाइ प्राथमिकता दिने मध्ये उहाँ पनि दोश्रो पहाडी मधेसी हो।

३) पार्टी सदस्य त लिएको देखिएको छैन तर उहाले डा. डम्बर चेमजोङ्लाइ तीन पटक जति राजनितिक नियुक्ती दिलाइ दिनु भयो। दिनरात पार्टीमा काम गर्ने साथिहरु चाहिँ कहिले मौका पाएका छैनन। लिम्बू भयो भने पार्टीमा मौका दिनको लागि पार्टी सदस्यता नलिएको मान्छेलाइ पनि मौका दिइ हाल्नु हुन्छ र अरुले केही जानेका छैनन। जान्ने बुझ्ने मान्छेहरु त सबै लिम्बू जातिमा मात्रै जन्मन्छन भन्ने उहाको बिस्वास रहेको छ। यो जिरहको प्रमाण के छ भने ससपा हुदा उहाँ सङ्गठन बिभाग प्रमुख हुनु हुन्थ्यो। पुर्ण बस्नेत केन्द्रीय सदस्य थिए। उनले मलाइ भने दाइ म बिद्यार्थिको सह-इन्चार्ज बस्छु बैठकमा कुरा राखी सिनोस भन्यो। मैले त्यो प्रस्ताव राखे। त्यसपछी अशोक राई, राजेन्द्र श्रेष्ठ र रकम चेमजोङ हेराहेर गर्नु भयो। पछि सङ्गठन बिभाग प्रमुखको हैसियतले बोल्दा पुर्ण बस्नेतलाइ बिद्यार्थीहरुले पत्त्याउदैनन भनेर भन्नू भयो। मैले को हो त्यो नपत्याउने विद्यार्थी भनेर उहालाइ पसिनाले लोतपोत हुने गरि बहस गरे। उहाँ त्यसतो असल नेता हुनुहुन्छ। अगाडि आएको र तपाईं जति राम्रो नेता त कोहि छैन भनेर चाकडी गर्ने मान्छेलाई चाहि खुब रुचाउनु हुन्छ।

बर्तमान अबस्थामा देश निकै सङ्कटमा छ। देशको अबस्था यहासम्म आइ पुग्नमा सबै राजनितिक दल र नेपाली जनता पनि जिम्मेवार रहेका छन किनभने खाली दलहरुलाइ मात्रै गाली गर्ने चलन रहेको छ। जनताहरुले पनि त्यही पुराना गफ मात्रै गर्ने बिसौ बर्षदेखि देश चलाए पनि केही नगर्ने पार्टीको नेतालाइ नै भोट हाल्ने पछि यसको जिम्मेवारी जनताले पनि लिनु पर्छ। अझ हामी बढी प्रगतिसिल हौ भन्नेहरुले जिम्मेवारी लिनु पर्ने दिन आएको छ। जसपाले पनि नयाधार र राष्ट्र निर्माणको नया आयाम अनुसार पार्टी चलाउछु भनेर स्थापित भएको पार्टी हो तर अहिले एक दुई थान सासद र मन्त्री खानको लागि केहिले काङ्ग्रेसको, कहिले एमालेको र कहिले माओवादीको पिच्छेलघु भएर घिटिघिटी भएर चली राखेको छ। मेरो ११ बर्षको अनुभवमा यहि कुरा मानसपटलमा घुमी रहन्छ। ११ बर्षमा मैले तीन पटक संघको निर्वाचन मेरो जन्मभूमी ओखलढुंगाबाट लडे। पहिलो चोटिको मेरो इच्छाको लडाइ थियो भने पछिल्लो दुई पटक बाध्यताको लडाइ थियो किनभने क्रान्तिकारी भनिने साथिहरु हारिने निर्वाचन लड्न तयार कोहि भएनन। पार्टी सङ्गठनको लागि भनेर अनेकौ कामहरु गरियो। यस पार्टीका माथिल्लो भनिने नेताहरुको कुनै नया बिचार र क्षमता भएका मान्छेहरु होइनन। अरु पार्टीमा अपेक्षाकृत मौका नपाएर आएका हुन। उनिहरुहरुले कुरा गर्दा महान कुरा गर्ने तर जम्मा एक थान सासद र मन्त्री दिए पुगि हाल्ने खाल्का मान्छे हुन। उनिहरुमा नया सृजना गरेर देश र जनतालाइ दिन सक्ने कुनै भिजन छैन। जति धेरै यहि पार्टीमा बस्यो, उति समय बर्बाद हुन्छ। मानिसको जीवनको अत्यन्तै मूल्य ठूलो छ भन्छन। त्यसैले यहाँ बसेर समय अरु बर्बाद गर्नु हुदैन। जो-जो मेरो भनाइमा सहमत हुनुहुन्छ। जसपालाइ परित्याग गरेर नया आयामको पार्टी बनाऔ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अनि पुर्ण समानुतिक संसद होस। यस पार्टी भित्र मलाइ माया गर्ने साथिहरु धेरै हुनुहुन्छ। मलाइ थाह त तपाइहरुले सल्लाह गरेर पार्टी परित्याग गर्न पाए हुन्थ्यो भनेर गुनासो गर्नु हुनेछ, तर के गर्ने यो कष्ट्पुर्ण भवसागर जीवनमा सबै कुरा भेटघाट गरेर गर्ने सम्भावना कठिन काम हुन गएको छ। सल्लाह गर्दा-गर्दै सात वटा माझी गाउँ डुब्यो भनेको जसतै अबस्था छ। तपाइको ब्रम्हले यो पार्टीमा बस्दा ठिक छ भन्ने लाग्छ भने बस्नु होला तर तपाइको ब्रम्हले नबस भन्छ भने एक मिनेट पनि नबस्नु होला। किनभने यो जुनिमा त दुख पाउनु हुन्छ, हुन्छ अर्को जुनिमा पनि तपाइले दुख नै पाउनु हुनेछ। म धनमा गरिब हुला तर बिचारमा गरिब छुइन र हिम्मतमा कुनै पनि सेनापती भन्दा कम छुइन। कि तपाइ बिचार र कार्यक्रमका साथ आउनुस, म तपाइलाइ समर्थन गर्छु। कि म बिचार र कार्यक्रमकासाथ आउछु, मलाइ समर्थन गर्नुस। हामी चाहिँ, यी मै हु भन्नेहरु भन्दा के मा कमि छौ ? Time and tide wait for none भन्छन, यसै कुरालाइ मध्ये नजर राख्दै, अपील र आवहान गर्दै जसपाका सम्पुर्ण मेरो जिम्मेवारीबाट आजदेखि मुक्त भएको घोषणा गर्दछु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार