१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण



काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।

शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।

एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : २२ बजे