हाइड्रोलिकमा समस्या आएपछि रामेछाप उडेको सीता एयरको जहाज काठमाडौं फिर्ता

  सगरमाथा अनलाईन
70 Shares

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान सो घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पु¥याइएको थियो । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार